‘मोटोपन समस्या होइन’

‘मोटोपन समस्या होइन’

अमेरिकी महामारी विज्ञानका प्रमुख भन्छन् ‘देशको स्वास्थ्यको सबैभन्दा ठूलो खतरा भनेको मोटोपना हो ।’ मोटोपना हुनेहरूका विषयमा यस्ता सल्लाह सुझाव दिनेहरूको विश्वभर कमी भने छैन ।

सुझाव दिने जोसुकैले मोटोपनाले चिनीको रोग डायबिटिज, मुटुको रोग लगायत शरीरमा हुने सबै रोगका अतिरिक्त अल्पायुमा मृत्युसम्म हुनसक्ने चिन्ता चासो र सुझाव दिने गरेको सहजै पाइन्छ ।

त्यतिमात्रै होइन मोटो मानिसलाई सहजै व्यङ्गको पात्र बनाउने गरिन्छ । तर जेजति मोटोपनाका लागि भनिएको छ त्यसबारे कुनै प्रमाणित विषय स्थापित भएको भने पाइँदैन । मोटोपन र दुब्लोपन भएका विषयमा भनिएका स्वास्थ्यसम्बन्धी विषयहरू बिना आधार भनिएको पाइन्छ ।

वजन घटाउँदैमा मोटोपन घट्दैन । मोटोपन आफैंमा अहिले समस्याको रूपमा प्रस्तुत गरिन्छ । तर, मोटोपन उचाइ र वजनको विषय हो यो स्वास्थ्यसँग सम्बन्धित होइन ।

अमेरिकी मेडिकल एसोसिएसनले मोटोपनलाई एक रोग घोषणा ग¥यो । तर वजन अनुसन्धानले मोटोपनले रोग बढाएको प्रमाण स्थापित गरेको छैन ।

यो सबै पूर्वाग्रहमा आधारित विषय भएको लिन्डाको ‘फ्याट इज नट द प्रब्लम–फ्याट स्टिग्मा इज’ नामक शीर्षकको आलेखमा उल्लेख छ ।

भारी मानिसमा रोगहरू बढी पाइने विषय सही भए पनि वजन आफैमा रोगको कारण हुन सक्दैन ।

उनको भनाइ छ – ‘मोटोपना मुटुको रोगको कारण भन्नु पहेलो दाँत भएकालाई फोक्सोको क्यान्सर भन्नु वा धुम्रपानलाई यी दुबै रोगको कारण भन्नु जस्तै छ ।’

त्यसैले मोटोपनाका बारेमा भयमिश्रित धारणामा परिवर्तन ल्याउनुपर्ने आवश्यकता छ ।

उनीहरूका अनुसार समाजमा सबै किसिमको शारीरिक संरचना भएका व्यक्तिलाई सम्मानपूर्ण बाँच्न पाउने वातावरणको निर्माण हुनु आवश्यक छ । समयबद्ध