चीनी आयातमा लगाइएको प्रतिबन्ध हटाइयो

चीनी आयातमा लगाइएको प्रतिबन्ध हटाइयो

काठमाडौ । सरकारले चीनी आयातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूका अनुसार चीनी आयातको प्रतिबन्ध हटाइएको छ । 

नेपाली चीनी उत्पादकहरूको चीनको मूल्य आयातित चीनीको मूल्यभन्दा सस्तो भएकाले चीनीको आयातमा सीमा तोकिएको थियो ।

गत वर्ष  चीनी आयातमा सीमा तोकिएको थियो ।

चीनी मिलहरूको दबाबका कारण त्यो प्रतिबन्धलाई विस्तार गरिएको थियो । यो आर्थिक वर्षबाट त्यो प्रतिबन्ध हटाइएको हो ।

भारत र पाकिस्तानबाट आउने चीनीनको मूल्य नेपाली उत्पादकहरूको चीनी भन्दा सस्तो हुने गरेको छ ।

भारतीय चीनीको मूल्य ५५ रुपैया खुद्रा मूल्यमा उपलब्ध हुन्छ भने नेपाली चीनको खुद्रा मूल्य ७८ रुपैया प्रतिकिलो रहेको छ ।