के गरे लोक गायक बद्रि पंगेनीले ? किन पर्यो उनीमाथि उजुरी ? 

के गरे लोक गायक बद्रि पंगेनीले ? किन पर्यो उनीमाथि उजुरी ? 

काठमाडौ ।  लोक गायक बद्री पंगेनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । गायक पंगेनीसहितको तीन जनाको समूहले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाको माग गरेर बुधबार प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको हो । 

गायक पंगेनी र उनका व्यवसायिक साझेदारहरू विजय सिंह र सुवास अधिकारीले सञ्चालन गर्दै आइरहेको नीरमाया दोहोरी साँझबाट लिनुपर्ने रकम माग्दा आफूलाई ज्यान मार्ने धम्की दिएको व्यवसायी निमा दोर्ची शेर्पाले दर्ता गरेको उजुरीमा उल्लेखगरिएको छ । सो दोहोरी साँझका फर्निचर र अन्य साम्रगी बापतको ५५ लाख रुपैयाँ नतिरेर झुक्याएको आरोप सृष्टि फर्निचरका सञ्चालक शेर्पाले लगाएका छन् ।

तर गायक पंगेनीले आफूले कसैलाई पनि धम्काउने कार्य नगरेको दाबी गरेका छन् ।  ‘मैले आजसम्म कसैलाई धम्काउने र थर्काउनेजस्ता अराजक काम गरेको छैन् । मैले त्यस्तै गरेको भेटियो भने सजाय भोग्न तयार छु । तीन वर्षअघि मैले सो दोहोरी साँझ छाडिसकेको हुँदा अनावश्यक रुपमा मेरो चरित्र हत्या गरियो,’ गायक पंगेनीले भनेका छन् ।