कारबाहीमा परी आठ तालिबान लडाकू मारिए

कारबाहीमा परी आठ तालिबान लडाकू मारिए

देशको दक्षिणी प्रान्त हेलमान्डमा अफगान सेनाले शुरु गरेको कारबाहीको क्रममा कम्तीमा आठ तालिबान लडाकू मारिएका सैनिक स्रोतले बुधबार जानकारी दिएको छ ।

हेलमान्ड प्रान्तको प्रायः अशान्त भइरहने जिल्ला कजाकीमा अफगान सेनाले गरेको हवाई र स्थलगत कारबाहीमा परी आठ लडाकू मारिनुको साथै कैयौ हातहतियार कब्जा गरिएको सेनाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । 

 सो स्थानमा तालिाबान लडाकू लुकेर बसेका ३५ भन्दा बढी बासस्थान ध्वस्त भएको बताइएको छ ।  तर यस कारबाहीको क्रममा सर्वसाधारण नागरिकतर्फ भने कुनै क्षति नभएको जनाइएको छ ।
 यस कारबाहीको विषयमा सरकारसँग लडाइ गरिरहेका तालिबान लडाकू समूहले पनि कुनै टिप्पणी गरेका छैनन् ।