महिलाको तस्बिरलाई नाङ्गो बनाउने ‘डीपन्यूड एप’ बन्द !

महिलाको तस्बिरलाई नाङ्गो बनाउने ‘डीपन्यूड एप’ बन्द !

महिलाहरूको वस्त्र हटाएर नक्कली तस्बिर बनाउन मिल्ने एपलाई त्यसका निर्माताहरूले बन्द गरेका छन्।

पचास अमेरिकी डलर मूल्य राखिएको डीपन्यूड एपमाथि मदरबोर्ड नामको वेबसाइटमा लेख छापिएपछि यसको आलोचना भएपश्चात् निर्माताले हटाएका हुन् ।

प्रतिशोधको भावनाले अन्य व्यक्तिको नग्न तस्बिर वा भिडिओ वेबसाइटमा राख्ने कार्यविरुद्ध अभियान चलाएकाहरूले सो एपलाई ‘खतरनाक’ को संज्ञा दिएका थिए ।

निर्माताहरूले विन्डोज र लाइनक्समा चल्ने एपका लागि संसार तयार नभएको भन्दै वेबसाइटबाट यसलाई निकाल्नु परेको बताएका हुन् ।   

निर्माता समूहले सो एप मनोरञ्जनका लागि केही महिना अगाडि बनाएको बताएका थिए। त्यसका लागि आर्टफिशल इन्टेलिजन्स अर्थात् यान्त्रिक चातुर्य प्रयोग गरिएको थियो।

सो सफ्टवेअर वेबसाइटमार्फत् दुई भर्जनमा उपलब्ध थिए। निस्शुल्क उपलब्ध भर्जनमा निर्माण गरिएको तस्बिरमाथि ठूलो वाटरमार्क हुन्थ्यो भने किनिएको भर्जनमा एउटा कुनामा ‘फेक’ लेखिएको सानो छाप हुन्थ्यो। एजेन्सी