फ्रान्सले दियो अमेरिकालाई झट्का : डोनाल्ड ट्रम्प ट्वाँ 

फ्रान्सले दियो अमेरिकालाई झट्का : डोनाल्ड ट्रम्प ट्वाँ 

जुन २८ (असार १३) । अमेरिकाले इरानमाथि हमला गरे फ्रान्सले साथ नदिने भएको छ । फ्रान्सले साफसाफ वताइ दिएको छ कि अमेरिकाले उत्तर एटलाण्टिक सन्धि संगठन (नाटो) सेन सञ्चालन गर्न खोजे त्यसको परिणाम नराम्रो हुने पनि जनाएको छ । यता जर्मनीले पनि यो मुद्धामा अमेरिकालाई साथ नदिने भएको छ । 

इरानसँग भएको परमाणु सहमति खारेज भएपछि अमेरिका र इरान दुवै फ्रान्स र जर्मनीका राष्ट्राध्यक्षले अमेरिकी राष्ट्रपति ट्रम्पसँग कुराकानी गरेका थिए । यो वार्ता पनि विफल भएको थियो र परमाणु सहमति मुद्दावाट एक कदम पछाडि हट्न पनि ट्रम्प राजी भएनन् ।

अमेरिका एक्लै : 

इरानमाथि थोपरिने अमेरिकी युद्धमा फ्रान्सले साथ नदिनेमात्र होइन ट्रम्पलाई एक्लै युद्ध लड्न पनि चेतावनी दिएका छन् । उनीहरु यो युद्धको विरोध मात्र होइन अन्य नाटो देशलाई युद्धमा सरिक नहुन आव्हान गर्ने भएका छन् । यीनीहरुले यो युद्ध भयो भने त्यसको नराम्रो परिणाम भोग्न पनि अमेरिका तयार हुनुपर्ने जनाएका छन् । 

तेलमा प्रतिबन्ध :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परमाणु सहमति तोडेपछि ईरानसँग तेल व्यापार गर्न प्रतिबन्धको घोषणा गरेका थिए । यो प्रतिबन्धमा भारत र चीन प्रभावित भएका छन् । भारत र चीनले तेलको आवश्यकता पुरा गर्न अन्य देश चाहार्नु पर्ने वाध्यता आइ लागेको छ । तेल निर्यातको क्षेत्रमा ठूलो परिमाणमा उत्पादन गर्ने इरान र भेनेजुएला हुन् । दूवै देशसँग अमेरिकाको शत्रुतापूर्ण सम्बन्ध छ । दुवै देशमा अमेरिकाले प्रतिवन्ध लगाउँदा विश्व तेल बजार पनि प्रभावित हुन पुगेको छ । 

मध्यपूर्व थर्कमान

यता मध्यपूर्व एसियाली देशहरु इरान–अमेरिका युद्धको आशंकामा थर्कमान भएका छन् । दूवै देशको चेतावनीपूर्ण वयानवाजी नरोकिएकाले यस्तो आशंका बढेको हो ।  अमेरिकी ड्रोनलाई इरानले खसालि दिएपछि ट्रम्पले इरानलाई ‘नट स्मार्ट’ भनेका थिए । इरानले अमेरिकालाई विक्षिप्त दिमाग भनेको थियो ।

फ्रान्सको वयान

यो युद्धमा नाटोको सहभागिता कुनैपनि हालतमा गर्नु नहुने फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लेले अमेरिकी कार्यवाहक रक्षामन्त्री मार्क एस्परलाई वताएका छन् । नाटो बैठकमै आमनेसामने हुँदा पार्र्लेले यो कुरा राखेका हुन । बैठकमा जर्मनीसहित पाँच देशका प्रतिनिधि सहभागि थिए । नाटोमा २९ देश सदस्य छन् ।