चीन–अमेरिका व्यापार युद्ध : इसाई समुदाय पनि ट्रम्प विरोधी

चीन–अमेरिका व्यापार युद्ध : इसाई समुदाय पनि ट्रम्प विरोधी

१२ असार, वाशिंगटन । व्यापार सन्तुलनको नाममा अमेरिकाले चीनका समानमा लगाएको कर उसैलाइ प्रत्युत्पादक बनेको छ । चीनबाट अमेरिका निर्यात हुने वस्तुहरुमा अत्याधिक कर ट्रम्प प्रशासनले लगाएपछि त्यसको मार बाइबल आयातमा पनि परेको समाचार छ । विश्वमा जति बाइबल छापिन्छ त्यसको आधा हिस्सा चीनले छाप्ने गरेको छ । अमेरिका चीनबाट आयात हुने बाइबलमा निर्भर छ । ट्रम्प प्रशासनले चीनबाट आउने समानमा आयात कर बढाएपछि बाइबल महङ्गो भएकोमा अमेरिकी इसाइहरु ट्रम्पसँग हदैसम्म रिसाएका छन् ।

गएको वर्ष मार्चदेखि अमेरिका–चीन व्यापारिक मोर्चामा टकराव सुरु भएको थियो । त्यहीँदेखि ट्रम्प प्रशासनले चीनबाट आयात हुने स्टिल र अल्मुनियममा आयात शुल्क बढाएको हो । चीनबाट अमेरिका जाने दुई सय ५० अर्व डलरको बस्तुहरुमा २५ प्रतिशत आयात शुल्क लगाउँदै आएको छ ।

सांसद सदस्यको अपिल :

जानकारका अनुसार धार्मिक समूह, चर्च, स्कूल, मन्त्रालय र कैयौं गैरमुनाफकारी संस्थाहरुमा यसले आर्थिक बोझ बढाएको छ । अमेरिकी सांसद जोश हार्डरले भनेका छन, ‘मलाई लाग्दैन राष्ट्रपतिले बाइबलमा अतिरिक्त कर लगाउन चाहेका हुन, तर चीनबाट आउने समानमा लगाएको आयात शुल्कसंगै बाइबलमा असर परेको छ ।’ उनले ट्रम्पलाइ पत्र लेखेर बाइबलमा आयात शुल्क नलगाउन अपिल गरेका छन् ।