अमेरिकी सिनेटले अरबलाई हतियार बेच्न रोक लगायो

अमेरिकी सिनेटले अरबलाई हतियार बेच्न रोक लगायो

काठमाडौ अमेरिकाको माथिल्लो सदन  सिनेटले अरबका देशहरूलाई हतियार बेच्नमा रोक लगाएको छ ।

अरबका तीन देशलाई २२ हतियार बेच्ने कार्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई रोक लगाएको हो । 

यो प्रस्तावमा ट्रम्पकै पार्टीका केही सिनेटरहरू समेत गरी विरोधमा मतदान गरेका थिए । सदनमा दुई प्रस्तावमा मतदान भएको थियो ।

दुई किसिमको हतियार बेच्नका लागि गरिएको रोक प्रस्तावमा ५३का विरूद्ध ४५ र अर्को २० किसिमका हतियार बिक्रीका लागि भएको रोक प्रस्तावमा ५१का विरूद्ध ४५ मत परेको थियो ।

साउदी अरब, संयुक्त अरब इमिरेट्स र जोर्डनलाई ८.१ अर्ब अमेरिकी डलर बराबरको हतियार बेच्न ट्रम्प प्रशासनले अमेरिकी सदन कंग्रेसलाई पाखा लगाएर जाने योजना बनाएको विरोधमा यो मतदान गरिएको हो ।

ट्रम्प प्रशासनले इरानको तर्फबाट हुने खतरा रोक्न अमेरिकाका सहयोग अरब राष्ट्रलाई हतियार बेच्ने  जनाएको थियो ।

ट्रम्प प्रशासनलाई हतियार बेच्न वा युद्ध गर्न अनुमतिका लागि चाहिने दुई  तिहाइको बहुत कुनै पनि सदनमा रहेको देखिदैन् ।

विशेषाधिकार प्रयोग गर्दै आएका ट्रम्पले अरब देशहरूलाई हतियार बेच्न पनि विशेषाधिकार प्रयोग गरी अमेरिका सदनलाई पन्छाउन सक्ने देखिएको छ ।