सरकार जनताको मन दुखाउन नभइ हँसाउन बनेको होः प्रम ओली

सरकार जनताको मन दुखाउन नभइ हँसाउन बनेको होः प्रम ओली

काठमाण्डौ, १ असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिबद्धता जनाएका छन् । 

एकसाता लामो युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै धर्म संस्कृतिमा प्रतिकुल असर पर्ने खालका प्रावधानहरु जानेर या नजानेर परेका भए त्यसलाई सरकारले सच्याउने बताए ।

उनले सरकार जनताको मन दुखाउन नभई हँसाउनका लागि बनेकाले कहीँ कतै केही कुराहरु नमिलेको भए त्यसलाई सच्चाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।