सांसदलाई ल्याप्टप बाड्ने निर्णय आपत्तिजनक : सांसद झाँक्री 

सांसदलाई ल्याप्टप बाड्ने निर्णय आपत्तिजनक : सांसद झाँक्री 

काठमाडौं, ३० जेठ । सत्तारुढ दल नेकपाकी सांसद रामकुमारी झाँक्रीले प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसदलाई प्रविधिमैत्री बनाउने नाममा ल्याप्टप बाड्ने निर्णय आपत्तिजनक रहेको र यो गर्न नहुने बताएका छिन् । 

उनले भनिन, ‘सांसदलाई ल्याप्टप बाड्ने निर्णय भएको र टेण्डर आह्वान गरिएको सुन्दा मलाई दुःख लागेको छ’, उनले चिन्ता व्यक्त गरिन्, ‘सांसदहरुलाई यस्ता खुद्रा मसिना कुराहरु बाड्ने र हुर्मत लिने काम बेलाबखत भइरहेको छ, यसले सांसदलाई क्रमश जनतासँग अलग गर्ने र सांसदप्रति जनताको नकारात्मक भावना विकास भएको छ ।’

सांसदलाई प्रविधिमैत्री बनाउने नाममा यस्ता सस्तो सस्ता कुराहरु गरेर सांसदको हुर्मत लिने काम बन्द गरिनुपर्ने भन्दै यो निकै आपत्तिजनक भएका पनि बताइन् ।