‘दोहोरी ब्याटल’मा बिवादित प्रकाश सपुतलाई ‘गलबन्दी चोरी’को आरोप, शम्भु राईले के गर्लान ? 

‘दोहोरी ब्याटल’मा बिवादित प्रकाश सपुतलाई ‘गलबन्दी चोरी’को आरोप, शम्भु राईले के गर्लान ? 

काठमाडौं, २८ जेठ । जति गायक प्रकाश सपुतको ‘गलबन्दी च्यातियो तिमीले तानेर बोलाउन खोजेको आफ्नै ठानेर...’ नामक गीत चर्चाको शिखरमा छ यसको भाका चोरी भएको आरोपले पनि नेपाली लोक साङ्गितिक बजार उत्तिकै तातेको छ ।

बोल मायाँ... गीतको भाग दुईका रुपमा प्रकाशले ल्याएको यो गीत पुराना तथा स्थापीत पूर्वैली लोक तथा अधुनीक गायक शम्भू राईको ‘आउ नाचौँ साथी हो कम्मर कसेर...’ गीत सँग भाका मिल्दोजुल्दो छ । यी दुई गीत सुन्दा श्रोता समेत झुक्किने गरेका छन् ।
यी दुई गीतको विवादकाबारेमा एक्कासी कसरी बजार हल्ला तातियो ? यो भने यीनै दुई गायकलाई थाहा होला ! तर गलबन्दी च्यातियो... का गायक तथा शव्द संकलक प्रकाश सपुतले बिभिन्न मिडियामा अन्तर्वार्ताका क्रममा शम्भु राईको ‘आउ नाचौँ साथी हो कम्मर कसेर...’ गीत यस भन्दा अघि आफुले नसुनेको दाबी गरेका छन् । 

यता गायक शम्भु राइले पनि संगितकार संघ, रोयल्टी समाज, प्रस्तोता समाज लगायतसँग छफफल भैरहेको अन्तर्वार्ताका क्रममा प्रतिक्रिया दिने गरेका छन् । आफुले गलबन्दी च्यातियो... भन्ने गीत सुन्ने बितिक्कै प्रकाश सपुतलाई फोन गरेर कुराकानी गरौँ भन्ने प्रस्ताव राख्दा प्रकाशले समय छैन भन्दै भेट्न नमानेको शम्भुले बताउने गरेका छन् ।

यसअघि प्रकाश सपुतलले गाएको गीत ‘दोहोरी ब्याटल’ पनि बिवादमा परेको थियो । उनले लोकगीतमा बिक्रिती भित्रएको भन्दै लोक तथा दोहोरी प्रतिष्ठानले युट्युवमा अपलोड गरिएको भिडियो एडिट गरी पुनः अपलोड गर्न बाध्य पारेको थियो । 
शम्भु राईका चलेछ बतास सुस्तरी..., चिठी तिमीलाई लेखौँ भन्छु..., लगायतका दर्जनौँ गीत चर्चित छन् । उनी जनवादी गीत–संगित सिर्जना गर्दे र गाउँदै जनतालाई चेतना भर्ने काममा पनि सक्रिय छन् ।