नेपाल, अमेरिकाको चीन रणनीतिकोे मोहरा होइन

नेपाल, अमेरिकाको चीन रणनीतिकोे मोहरा होइन

डिङ गाङ

नेपाल अंग्रेज युद्ध १८१४–१६मा पराजीत भएपछि दक्षिणतर्फको ठूलो मात्रामा भूमि गुमाउनु प¥यो ।

भारतलाई अधिग्रहण गरेपछि संयुक्त राज्य बेलायतले क्रमशः आफ्नो साम्राज्य विस्तार गर्ने महत्वाकांक्षा पूरा गर्न खोजेपछि हिमाली पर्वतीय अधिराज्यतर्फ बढ्दा यो युद्ध भयो । बेलायतको विशाल रणनीतिक लक्ष्य भनेको चीनको तिब्बतसम्मको बाटो बनाउनु र त्यसपछि त्यस अगाडि रहेको रूसको भूमि कब्जा गर्नु थियो ।

कारण तिब्बत आक्रमण गरी जित्न खोज्दा बेलायती सेनालाई सशक्त प्रतिरोधको सामना गर्नु प¥यो । यसका लागि सहयोग गर्ने चिङ वंशको १६४४–१९११नेतृत्वमा रहेको केन्द्रीय सरकारलाई धन्यवाद दिनुपर्छ । विश्वको छानाको रूपमा चिनिएको हिमाली क्षेत्रबाट निर्माण भएको भौगौलिक बाधा र संयुक्त अधिराज्यको राष्ट्रिय सत्तामा ह्रास आएको कारण बेलायतले तिब्बत अधिग्रहण गर्न असफलता पायो ।

सन् १९१८मा प्रथम विश्वयुद्ध समाप्त भएपछि संयुक्त अधिराज्यलाई क्रमशः अमेरिकाले उछिन्यो । त्यस लगत्तै सन् १९२३ मा नेपाल बेलायत सन्धिमा हस्ताक्षर भयो र संयुक्त अधिराज्यले नेपाललाई एक स्वतन्त्र तथा सार्वभौम राष्ट्रको रूपमा मान्यता दियो ।

इतिहासको अध्ययनले नेपालको रणनीतिक स्थान स्पस्ट रूपले देखिन्छ । आज विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रूपमा रहेको अझ उदीयमान शक्तिको रूपमा उदाइरहेको चीनको निकटतम  छिमेकी भएकाले नेपालको विशेष महत्व छ ।

हिन्द प्रशान्त क्षेत्रका देशहरूबीच बृहत् एवम् गहिरो रणनीतिक सहयोग गर्न तयार पारिएको एक अमेरिकी अभिप्रेरणा हिन्द प्रशान्त रणनीति (इन्डो प्यासिफिक स्ट्राटेजी) मा अमेरिकाले नेपालमाथि विशेष ध्यान केन्द्रित गर्न खोज्नुको पछाडिका विषयलाई यसले  व्याख्या गर्न सक्छ । दक्षिण एवम् मध्य एसिया मामिलासम्बन्धी ब्युरोको जिम्मेवारी पाएका अमेरिकाका कार्यवाहक विदेश सहायक उपमन्त्री डेभिड जे रान्जले १४ मेका दिन काठमाडौंमा भने, नेपालले हिन्द प्रशान्त रणनीतिबाट लाभ प्राप्त गर्नसक्छ र यो रणनीतिले अमेरिका र नेपाल दुबैलाई फाइदा पुग्ने गरी एक आर्थिक अवसरको सिर्जना गर्न सक्छ ।

आजको दिनसम्म अमेरिकाले अभिप्रेरणाको रूपमा अघि बढाइएको हिन्द प्रशान्त रणनीतिको रूपमा रहेको यो रणनीतिले चीनलाई समावेश गराउने लक्ष्यलाई व्याख्या गरेको छैन न त यो क्षेत्रको आर्थिक वृद्धिका लागि तयार पारिएको योजनाबारे केही बताएको छ, जसले यो रणनीति यथार्थपरक नभएको दर्शाइरहेको छ । यो  रणनीतिको एक मात्र लक्ष्य रणनीति अन्तर्गतका देशहरुमा अमेरिकी सैन्य बढाइरहने तागत प्राप्त गर्नु रहेको छ ।

नेपाल के चाहन्छ ? चीन र भारत दुई ठूला शक्तिशाली देशहरुको सीमासँग जोडिएको आसन्न देशको रूपमा रहेको नेपाललाई तत्कालै चाहिने आवश्यकताहरुका बारेमा अमेरिका पूर्ण रूपमा जानकार छ ।

भूराजनीतिक भूमिकाको बुझाइका आधारमा नेपाल शक्ति राष्ट्रहरूबीच सापेक्षिक रुपमा एक सन्तुलन चाहन्छ जुन यो पर्वतीय देशको विकासका लागि बाह्य राजनीतिक वातावरण सर्वाधिक अनुकूल हुन्छ । यद्यपि सीमित शक्ति भएको नेपाललाई भूमण्डलीकरणको आजको गतिसँग गति मिलाएर प्रमुख शक्ति राष्ट्रहरूसँगको यस्तो सन्तुलनलाई प्रोत्साहन गर्न कठिन हुन्छ । नेपालका लागि सर्वाधिक महत्वपूर्ण आवश्यकता पूरा गर्नु मात्र छनोट गर्ने विषय हुनसक्छ ।

नेपालको सार्वजनिक धारणामा सामान्य रूपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुनः विजयप्रति सकारात्मक छ । मोदीको नीतिले निरन्तरता पाउने उनीहरूको आशा छ । यी नीतिहरूमा नेपालमा आर्थिक लगानी वृद्धि र चीनसँग अझ सम्बन्ध विस्तार लगायतका नीतिहरू छन्, जुन नेपालका लागि फाइदाजनक छन् ।

सबैभन्दा महत्वपूर्ण विषय चिनियाँ प्रभावलाई नेपालमा चुनौती दिन खोज्ने कुनै शक्तिका लागि चीनले नेपाललाई असम्भव हुने गरी विकास गरिदिएको छ ।

सम्भावित मुनाफामा हिस्सा दिने गरी चीनले नेपाललाई विकास दिएको छ । वरिपरि र विश्वसँग जोड्ने गरी अभूतपूर्व अवसरसम्म नेपाललाई पु¥याउन चीनले बेल्ट एन्ड रोड इनिसएटिभ ल्याएको छ । नेपाल अब बन्दी र गरीव रहने छैन बरू पूर्व, दक्षिण र मध्य एसिया जोड्ने अति आवश्यक धुरी बन्ने छ ।

दुई सय वर्षअघि बेलायती उपनिवेशवादीहरूले चीनको तिब्बत हड्प्न खोज्ने उद्देश्यले नेपाल आक्रमण गरे । तर, पाँच सय वर्षअघि पश्चिममाहरूको साम्राज्य विस्तारको सो अभियान सदाका लागि समाप्त भएको छ । चीनको नीति छिमेकीसँग मैत्रीपूर्ण र समृद्ध छिमेकी बनाउनु रहेकाले यो नीतिले नेपाली जनता र दक्षिण एसियाका देशहरूका लागि उनीहरूको जीवनस्तर सुधार गर्न अवसरहरू दिनेछ । भावानुवाद, ग्लोबल टाइम्स