जनता भीरबाट लड्छन्, नेताहरु सदनमा कुर्सीबाट लड्छन् !

जनता भीरबाट लड्छन्, नेताहरु सदनमा कुर्सीबाट लड्छन् !

काठमाडौं, १९ जेठ । जनता आफ्नो जीविको पार्जनका लागि घाँस दाउरा गर्दा भीरबाट लड्छन्, नेता तथा साँसदहरु भने सदमा लड्छन् । नेताहरु सदनमा कहिले आफ्ना अधिकारका लागि लड्छन् त कहिले भाँचिएका कुर्सीमा अल्झिएर लड्छन् । त्यसोतः नेताहरु कहिलेकाहीँ सदनमा कुर्सी ठोकाठोक गरेर भाँच्छन्, कहिले माइक भाच्छन् र तार चुँडाउँन पनि खप्पिस छन् । 

यही सन्दर्भमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद खगराज अधिकारीले प्रतिनिधिसभा बैठक हलमा आफू चार पटक लडेको भन्दै ज्यान जोगाइदिन सभामुखको ध्यानाकर्षण गरेका छन् ।

उनले आफु सदनमा भाँचिएको कुर्सी देखाउँदै यसमा अल्झिएर आफु लडेको पनि सभामुखलाई जानकारी दिए । उनले आगामी दिनमा सदनमा यस्ता धराप कुर्सी राख्न नहुने भन्दै ती हटाउन अनुरोध गरे । सभामुख महराले सांसद अधिकारीको माग गम्भिर रुपमा ध्यानाकर्षण भएको जनाए ।