भ्रष्टाचार बाहिर आउन नदिन मिडिया बिधेयक ल्याइयोः सभापति देउवा

भ्रष्टाचार बाहिर आउन नदिन मिडिया बिधेयक ल्याइयोः सभापति देउवा

बुटवल, १९ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारबाट हुने भ्रष्टाचार र गलत काम बाहिर आउन नदिन मिडिया काउन्सिल बिधेयक ल्याइएको दावी गरेका छन् ।

आइतबार भैरहवामा सञ्चारमकर्मीहरुसँग कुरा गर्दै देउवाले स्वतन्त्र प्रेस र स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप हुने कुरा काँग्रेलाई सह्य नुहने बताए ।

पुर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले वर्तमान सरकार भ्रष्टाचारमा डुबेको आरोप पनि लगाएका छन् । वाइडबडी विमान खरिद, बुढिगण्डकी जलविद्युत आयोजना, बालुवाटार जग्गाकाण्डमा चरम भ्रष्टचार भएको पनि उनले दावी गरे ।