सन्तानको रहर पुग्यो ? यस्तो छ बन्ध्याकरण गर्ने विधि

सन्तानको रहर पुग्यो ? यस्तो छ बन्ध्याकरण गर्ने विधि

काठमाडौं, १४ जेठ । आवश्यक बच्चा जन्मिइसकेपछि थप बच्चा नजन्माउनका लागि स्थायी बन्ध्याकरण भरपर्दो उपाय  हो । स्थायी बन्ध्याकरण गर्ने विधि तथा प्रविधि भित्रिरहेका छन् । तर नेपालमा स्थायी बन्ध्याकरण गरेपछि शारीरिक शक्ति कमजोर हुने भ्रम समेत देखिन्छ । शारीरिक शक्ति कमजोर हुनुका साथै यौन जीवनमा समेत असर हुन्छ भन्ने पनि सुनिन्छ । चिकित्सकहरुका अनुसार यो भ्रम मात्र हो ।

प्रसूति गृह, थापाथलीका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्राध्यापक डा. गेहनाथ बरालका अनुसार स्थायी बन्ध्याकरण सामान्य सल्यक्रिया हो । अप्रेसनमार्फत बन्ध्याकरण गरिने भएकाले यसलाई सर्जिकल मेथड पनि भनिन्छ ।

स्थायी बन्ध्याकरण गर्दा पुरुषको शुक्रकिटको नली र महिलाको डिम्बनली काटेर छुट्याइन्छ । यसरी पुरुषको स्थायी बन्ध्याकरण गर्नुलाई भासेक्टोमी भनिन्छ भने महिलाको स्थायी बन्ध्याकरणलाई ट्युबेक्टोमी भनिन्छ । 

चिकित्सा क्याम्पस, फिजियोलोजी विभागका विभागीय प्रमुखः डाक्टर दिनेश बाँस्तोलाका अनुसार मिनिल्याब (चिरेर) र ल्यापरसकोपी (प्वाल पारेर) गरी दुई किसिमले ट्युबेक्टोमी गरिन्छ ।