६ बर्षको मेहनतपछि बन्यो २० इन्चको कम्मर !

६ बर्षको मेहनतपछि बन्यो २० इन्चको कम्मर !

एजेन्सी । महिला र सुन्दरता पर्यायवाची बन्दै गएको वर्तमान विश्वव्यापी सन्दर्भमा एक युवतीले यतिबेला विश्वको ध्यान आफुतिर खिच्दै लगेकी छिन् ।

धेरै मोटो हुँदा कुरुप भइन्छ भनेर खाना कम खाने, शारिरीक व्यायाम गर्ने र दुब्लाउने सहरीया महिलाहरुको दैनिक रुटिन नै बन्न थालेको छ । 'जिरो फिगर' र 'कोकाकोला फिगर' बनाउने त कतिपय महिला, मोडल तथा नायीका र कलाकारहरुको सपना मात्र होइन योजना नै बन्ने गरेको छ । 
चाहे अनुसारको फिगर बनाउन युवतीहरुले धेरै मिहिनेत र पसिना बगाउने गर्छन ।

यही सन्दर्भमा भनेज्वेलाकी एक मोडल एलेइरा एजेन्डानोले आफ्नो फिगर यसरी मेन्टेन गरेकी छन् की उनलाई देखेर मानिसहरु छक्क पर्छन् ।

उनको शरिरका अन्य अंग मोटै देखिएपनि कम्मर भने निकै पातलो छ । ६ बर्षको कडा मेहनतपछि उनको कम्मर यस्तो भएको हो । संसारकै सबैभन्दा अलग देखिका उनले आफ्नो कम्मर २० इन्चको बनाएकी छन् । पतलो कम्मर बनाउनका लागि उनले २३ घण्टा टाइट कपडा लगाउथिन् । उनले २० पटक भन्दा बढी सर्जरी समेत गराएकी छन् ।

१९ बर्षको उमेरमा उनले पहिलो पटक छातीको सर्जरी गराएकी थिइन् । उनी परफेक्ट फिगरका माध्यमबाट संसारभर चिनिन चाहेको बताउँछिन् ।