अमेरिकी लडाकु जहाज डुबाउने इरानसँग गुप्त हतियार भएको दाबी

अमेरिकी लडाकु  जहाज डुबाउने इरानसँग गुप्त हतियार भएको दाबी

काठमाडौ ।अमेरिकी लडाकु  जहाजलाई समुद्रमा डुबाइ दिने क्षमताका गुप्त हातहतियार इरानसँग भएको दाबी गरिएको छ ।

अमेरिकी रक्षामन्त्रालय पेन्टागनले पर्सियाको खाडी क्षेत्रमा ती ध्वंसक पानी जहाजलाई पठाएर दुई देशबीचको तनावलाई बढाएपछि  इरानका एक सैनिक अधिकारीले यस्तो दाबी गरेका हुन् ।

एक अन्तर्वार्तामा  जनरल मोर्तेजा कोरबानीले भने “ सानो मूर्खतापूर्ण हर्कत भए हामीले ती लडाकु पानी जहाज र हवाइ जहाजहरूलाई समुद्रमा डुबाइ दिने छौं ।” 

उनले भने “ इरानसँग दुई किसिमका क्षेप्यास्त्रहरू छन् । दुई नयाँ गुप्त हतियारहरू छन् ।”

तर उनले कुन किसिमको हतियार छ त्यसबारे विशेष विवरण भने खुलाएनन् ।

अमेरिकाले द युएसएस म्याकफाउल, युएसएस गोजालेज, युएसएस म्यासन नाम गरेका तीन निर्देशित क्षेप्यास्त्र ध्वंसकहरूलाई पठाए पछि इरानको यो दाबी सार्वजनिक भएको हो ।