कुसुण्डा भाषा बोल्ने ज्ञानीमैयालाई खानेपानी उपहार

कुसुण्डा भाषा बोल्ने ज्ञानीमैयालाई खानेपानी उपहार

दाङ, १० जेठ । जिल्लाको लमही नगरपालिका वडा नं ६ निवासी ज्ञानीमैया कुसुण्डा, कुसुण्डा भाषा बोल्छिन । विश्वमै एकमात्रै कुसुण्डा भाषाकि जानकार ज्ञानीमैयाको घरमा लमही खानेपानी तथा सरसफाइ संस्थाले खानेपानीको धारा जडान गरिदिएको छ । 

यसअघि खोलाको पानी पिउँदै आएकी कुसुण्डाको घरमा धारा जडान गरेपछि ज्ञानीमैयालाई अब खानेपानी ल्याउन खोला जानुपर्ने बाध्यता टरेको छ । ८५ वर्षीया ज्ञानीमैया घरमा एक्लै भएको र स्वच्छ खानेपानीको पहुँचभन्दा टाढा रहेको भन्दै खानेपानी जडान गरिएको संस्थाका सचिव सनमकुमार पौडेलले बताए । 

विश्वमै कुसुण्डा भाषा जानेकी ज्ञानीमैया मात्रै भएकाले उहाँको निधनपछि भाषा लोप हुने भन्दै भाषा संरक्षण गर्न ध्यान दिन थालिएको छ । साथै सरकारले ज्ञानीमैयाका लागि दुई कोठे घर निर्माण गरि दिएको छ । सरकारले पनि यो भाषा संरक्षणका लागि चासो देखाएको छ । अहिले लमहीमै विभिन्न कक्षा सञ्चालन गरेर कुसुण्डा भाषा संरक्षण गरिरहेको छ ।