मुटु झस्काउने मिक्लाजुङ हत्याकाण्डः यसरी गरियो मृतकको सामूहिक अत्येष्टी

मुटु झस्काउने मिक्लाजुङ हत्याकाण्डः यसरी गरियो मृतकको सामूहिक अत्येष्टी

पाँचथर, १० जेठ । पाँचथरको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा सोमबार राती एकै व्यक्तिको खुकुरी प्रहारबाट हत्या गरिएका ९ जनाको सामुहिक अन्त्येष्टी गरिएको छ । 

साविक सराङडाँडा वडा नं. ६ तथा हाल मिक्लाजुङ गाँउपालिका वडा नं.२ बस्ने मतारसिं सेर्माको छोरा धनराज सेर्मा, निजको श्रीमती जस्मिता फियाक सेर्मा, छोरीहरु युहना सेर्मा, मुना सेर्मा र भतिजी इक्सा सेर्माको शुक्रबारसराङडाँडा ६ नसुवाखोला दोभानमा अन्त्येष्टी गरिएको हो ।

यो दुःखद घटनाले सम्पूर्ण सेर्मा परिवार तथा पापोहाङ सेर्मा सङजुम्भो समिति परिवार स्तभ्ध भएको जनाइएको छ । घटनाको घोर भत्सर्ना तथा खेद प्रकट गर्दै घटनामा संलग्न व्यक्ति चाडो पत्ता लगाउनसमेत पापोहाङ सेर्मा सङजुम्भो समितिले माग गरेको छ ।

घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दुरीको लिम्बा गाउँमा मानबहादुर माखिम झुन्डिएको अवस्थामा फेला परेका थिए । स्थानीयबासिसँगको विशेष छलफल र अनुसन्धान पछि प्रहरीले उनीमाथि नैं हत्याको आशंका गरेको छ । यद्यपी प्रहरी अनुसन्धान भने झै जारी छ ।

मानबहादुर हत्या गरिएको परिवारका कान्छा ज्वाइँ हुन् । उनको श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र झगडा भइरहने गरेकाले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो । बेमेल भएपछि श्रीमती माइत बस्दै आएकी थिइन् । घटनामा बाँच्न सफल १२ वर्षीया सीता खजुमले घटनाका बेला एक जना मात्र व्यक्ति देखेको प्रहरीलाई बताएकी थिइन् । घटनास्थलमा कुनै हतियार फेला परेको थिएन ।