भाजपा सरकार बनाउने प्रायः निश्चित

भाजपा सरकार बनाउने प्रायः निश्चित

काठमाडौ । भारतको सत्ताधारी भारतीय जनता पार्टीले नयाँ सरकार बनाउने प्रायः निश्चित भएजस्तो देखिएको छ ।

५४२ मध्ये ५४० स्थानको सार्वजनिक मत गणना परिणाम अनुसार भाजपा सरकार बनाउन चाहिने २७२ स्थान भन्दा धेरै बढी स्थानमा अग्रता कायम गरेकाले यस्तो आँकलन गरिएको हो ।

सार्वजनिक मत गणना परिणाम अनुसार भाजपा गठबन्धनले ३२५, कांग्रेस गठबन्धन ११३, सपा बसपा २२, तृणमूल१६ र अन्य दल६४ स्थानमा अग्रता कायम गरेको छ ।

सन् २०१४मा भएको चुनावका आधारमा भाजपा गठबन्धनले ३३६, कांग्रेस गठबन्धन ६४ सपा बसपा ५ तृणमूल ३६ र अन्यको १०८ स्थान प्राप्त भएको थियो ।

यसको अधारमा भाजपालाई अहिलेसम्म हानि हुने देखिएको छ भने कांग्रेसलगायतका दलको बढने देखिएको छ । सात चरणको मतदान मे १९ तारिखमा सम्पन्न भएको थियो ।