टुकुचाले प्रतिभाको खोजी ग¥यो

टुकुचाले प्रतिभाको खोजी ग¥यो

दामोदर दाहाल, काभ्रे ।

बनेपा । ‘प्रतिभाको खोज’ कार्यक्रममा तीन वटा स्कुल, श्री सपनेश्वर माध्यामिक बिद्यालय, श्री स्वेतबारा माध्यामिक बिद्यालय, र श्री रत्न चुडेस्वर माध्यामिक बिद्यालयबाट १०/१० जना विद्यार्थीहरु बक्तित्वकलामा भाग लिएका थिए । जस अन्तर्गत पहिलो राउन्डमा ३० जना सहभागी विद्यार्थीहरु मध्ये १२ जना अन्तिम प्रतिष्पर्धामा प्रबेश गर्न सफल भए ।

प्रतिभाको खोज कार्यक्रमको अन्तिम चराणमा भएको बक्तित्वकलामा १२ प्रतिस्पर्धी मध्य तिन जना उत्कृस्ट, फस्ट रनर अप र सेकेन्ड रनर अप घोषणा भएका थिए भने बांकीलाई उत्कृस्ट १२ जना घोषणा गरिएको थियो ।

उत्कृस्ट, फस्ट रनर अप र सेकेन्ड रनर अपमा श्री रत्नचुण्डेस्वर मा बि का आयुष घिमिरे प्रथम, श्री सपनेश्वर माध्यामिक बिद्यालयकी मनिशा फुयाल दोस्रो, श्री स्वेतबारा माध्यामिक बिद्यालयकी बहिनी सजना घिमिरे तेस्रो भइन । 

टुकुचा युवा क्लबले बनेपा नगरपालिका १ र २ मा माद्यमिक विद्यालय स्तरीय ‘सार्वजनिक प्रबचन’ कार्यक्रम बनेपा नगर उप–प्रमुख रेखा सापकोटा दाहालको प्रमुख आतिथ्यमा सम्प्पन गरेको थियो ।

प्रतिभाको खोज कार्यक्रमको मुख्य प्रायोजक रत्न चुडेश्वर डेरी प्रा लि, गौरिघाटसहीत अन्य प्रायोजकमा युथ भिजन ग्रुप सिनामंगल, एडभान्स कम्पुटर बनेपा, सिद्धार्थ इन्सुरेन्स बनेपा, रिलाईन्स इन्सुरेन्स बनेपा, मिस्टर सितोस्न रेस्टुरेन्ट बनेपा, जे पि इन्डस्ट्रिज जोरपाटी, कोलोम्बिया एकेडेमी नयाँ बानेश्वर, पुन्यमती नारी चेतना सहकारी नाला, बुडोल सामुदायिक सहकारी बनेपाको रहेका थिए ।

सस्थाका अध्यक्ष कमलप्रसाद घिमिरे, उपाध्यक्ष राधाकृष्ण श्रेष्ठ सदस्य प्रदिप लामिछानेले कार्यक्रमको सयोजन गरेका थिए ।