लिम्बू समुदाय यूमा र किरात धर्ममा विभाजित

 लिम्बू समुदाय यूमा र किरात धर्ममा विभाजित

नन्द कन्दङवा

बिषय प्रबेश

सन् १९८० को दशक भन्दा अघि पुर्वी भागमा जसमनी पन्थका अनुयायी भारतीय सैनिक सेवा छोडेर आएका फाल्गुनन्द अर्थात फलामसिं लिङदेनले लिम्बु तथा राई समुदायमा सत्यहाङमा धर्म भनि एउटा धर्मको खुबै प्रचार प्रसार गरे । सन् १९८० को दशकपछि यो किरात धर्म भयो । फाल्गुनन्दले जे धर्मको बिकास तथा प्रचार प्रसार गरे पनि लिम्बू समुदाय भने परम्परागत धर्म विश्वासबाट त्यति हलचल गरेन । बि.सं. २०४८ (सन् १९९१) मा भएको जनगणनामा धर्मको महलमा विभिन्न संघ संस्थाले किरात धर्म लेख्ने भनेर अभियान चलाएपछि यो धर्मले अलि ठूलो आकार ग्रहण ग¥यो र आफूलाई अलि सुदृढ पनि ग¥यो । धर्म किरात नै लेखे पनि परम्परागत (प्रकृति पुजक) धर्म र सत्यहाङमा धर्मबीच बेमेल शुरुदेखि नै रहिआएको थियो र रहेको छ । 

०७५ बैसाख १७—१८ गते धरानमा यूमा साम्योवालाहरुको भेला तथा गोष्ठी भएपछि लिम्बू समुदायमा खासगरी किरात धर्मवालाहरुमा केही तरङ्ग सिर्जना गरेको छ । यो गोष्ठी हुनु अघि र भएपछि यी पक्षबीच घोचपेच सतहमा नै आएको छ ।

२०४८ सालको अभियान र भेद 

२०४८ सालको जनगणनामा धर्मको महलमा के लेख्ने भन्नेबारेमा लामै बहस र छलफल भएका थिए । आधारभूतरुपमा ३ वटा बिचारहरु आएका थिए । पहिलो बिचार थियो, बोन धर्म अर्थात प्राकृत धर्म । दोस्रो बिचार थियो, यूमा धर्म र तेस्रो बिचार थियो किरात धर्म । त्यसबेला नै अहिले आएको विवाद आएको थियो ।

 किरात नै लेखौ किनभने किरातभित्र यूमावाला, बोनवाला र सत्यहाङमावाला भनेर उप–धर्महरु (विभिन्न पन्थहरु) रहन सक्छन् भन्ने बैरागी काइला दाइको तर्कमा सबै सहमत भइएको थियो । त्यसै अनुसार किरातजन्य सबै संघ संस्थाहरुले धर्मको महलमा किरात लेखौ भन्ने अभियान चलाइएको थियो । त्यसबेला किरात भनेर लेख्ने र भन्ने कुरामा सत्यहाङमा धर्म स्वीकार गरिएको थिएन र अहिलेसम्म पनि स्वीकार गरिएको होइन । अहिले यस्तो घटना हुनुमा कुनै अप्ठ्यारो मान्नु हुन्न । स्वाभाविक छ कि यूमावालाले अहिले आफ्नो अस्तित्वमाथि नै संकट आउने कुरालाई बोध ग¥यौ ।

नयाँ धर्म र पुरानो धर्म 

सत्यहाङमा भनिएको पन्थलाई किरात भनेर ल्याए पछि र किरात भनेकै सत्यहाङमा पन्थले रोजेकै बाटो भनेर ल्याएपछि यो समस्या आएको छ । सत्यहाङमा किरात धर्मको जरो हिन्दुको जोसमनी पन्थसंग गाँसिएको छ । यसैले, भाषा लिम्बू प्रयोग गरेर यसले गर्ने विधी विधानमा हिन्दु विधि बिधान आउनु स्वाभाविक छ । यसमा अन्यथा लिनु हुँदैन । बरु अंगाल्नेहरुले बुझेरै यो धर्म अंगालेका छन् भन्नु प¥यो । यो नयाँ धर्म हो । यस धर्मका राम्रा पक्षहरु पनि छन् । यस धर्मका प्रवर्तक फाल्गुनन्दले भाषा र मुन्धुमको रक्षा गरेको पक्ष राम्रो रहेको छ । 

यो, हिन्दु, बौद्ध र क्रिस्चियन धर्मको दर्शन तथा विधि विधानहरुलाई मिश्रण गरी बनाइएको बर्णशंकर धर्म हो । शायद सबैलाई स्विकार हुने धर्म बनाउन यस्तो गर्न पनि आवश्यक होला तर त्यसले लिम्बू समुदायको परम्परागत धर्मलाई प्रतिनिधित्व गर्न सक्दैन ।

हिन्दु र बौद्ध धर्मको दर्शनले अवतार आउने कुरालाई विश्वास गर्दछन् । यसैले, उक्त धर्मले हालको धर्मगुरु आत्मानन्दलाई फाल्गुनन्दको अवतार (तेअङसी) को रुपमा मान्ने गर्दछ । 

लिम्बू समुदायमा फेदाङवा, येवा तथा साम्बा निस्कने प्रकृया बंशाणु हो तर हिन्दु र बौद्ध धर्म दर्शन अनुरुपको अवतार होइन । लिम्बू समुदायमा परापूर्वकालदेखि मगनी गरिएको केटीको बर्खी मगनीसंगै छिन्ने विधि छैन जो सत्यहाङमाहरुले मगनीमा नै हिन्दुको विधि अनुसार बर्खी पनि छिनेर पठाउने गर्दछन् । यसैगरी, विवाहमा जग्गे बनाएर विवाह गर्ने र सुख तथा दःुखमा शंख बजाउने विधि बिधान तथा प्रचलन लिम्बू समुदायमा छैन र थिएन । यस्ता अनगिन्ती विधि विधानहरु सत्यहाङमाहरुले हिन्दु विधि र कतिपय बौद्ध परम्पराबाट ल्याएका छन् । 

ओम भनी हातको बुढी औठा जोडेर खरानी धसेर हिन्दु ब्राह्मणलाई गरिने सास्टांग दण्डवत विधि पनि क्रिस्चियन र हिन्दुबाट आयात गरिएको छ । भाषा लिम्बू राख्दैमा र लिम्बू भाषा प्रयोग गर्दैमा त्यो लिम्बूको परम्परागत धर्म हँुदैन । मुन्धुम र भाषालाई प्रयोग गरेर हिजो आज क्रिश्चियनहरुले पनि आफ्नो धर्म प्रचारको माध्यम बनाए जस्तै हो सत्यहाङमाहरुको विधि विधान । सत्यहाङमा धर्मले काटमार तथा सोतरित कम गरौ भन्दैन । त्यसलाई त्यागेर अर्को अपनाऔ भन्दछ ।

निश्कर्ष 

यी सबै कुराले के निश्कर्ष निस्कन्छ भने आ—आफ्नो धर्मको रक्षा र प्रवद्र्धन गर्नु राम्रो कुरा हो । सत्यहाङमाहरुले पनि आफ्नो नयाँ धर्मको रक्षा र प्रबद्र्धन गर्न पाउँछन भने यूमा र प्राकृत अर्थात बोनमार्गीहरुले पनि आफ्नो धर्मको रक्षा र प्रवद्र्धन गर्न पाउँछन् र स्वतन्त्र छन् । यसमा एकले अर्कोलाई गाली गलौज र घोचपेच गर्न जरुरी छैन ।