अमेरिकी ग्रिनकार्ड होल्डरका लागि नयाँ प्रणाली ल्याउने ट्रम्पको घोषणा

अमेरिकी ग्रिनकार्ड होल्डरका लागि नयाँ प्रणाली ल्याउने ट्रम्पको घोषणा

काठमाडौ अमेरिकी ग्रिनकार्ड होल्डरहरूका आश्रित परिवारको संख्या कम गर्ने उद्देश्यले राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ प्रणाली ल्याउने घोषणा गरेका छन् ।

यो नयाँ प्रस्तावमा महत्वपूर्ण परिवर्तनहरू गरिएको छ ।

ग्रिनकार्ड पाउने व्यक्तिको परिवारलाई बस्न दिन एक अंक प्रणाली निर्धारण गरिनेछ ।

जसमा आश्रित परिवारको, शिक्षा, सीप र अंग्रेजी भाषाको प्रवीणतालगायतका विषयहरूको आधारमा अंक निर्धारण गरिनेछ ।

सन् २०१७मा अमेरिकामा ग्रिनकार्ड लिनेहरूको संख्या ११ भन्दा केही बढी रहेको थियो ।

अहिले १२ प्रतिशत ग्रिनकार्ड लिएर अमेरिका प्रवेश गर्नेहरू अमेरिकी दक्षता(एचवनबी)मा आधारितहरू रहेका छन् ।

६६ प्रतिशत ग्रिनकार्ड परिवारमा आधारित रहेका छन् । नयाँ प्रावधान अन्तर्गत शिक्षा, कामको अनुभव, अंग्रेजीको दक्षता लगायतका विषयमा ५७ प्रतिशत अंक प्राप्त गर्नेलाई प्रवेशज्ञा प्राप्त हुनेछ ।

मानवीयता र अन्य विविध कारणका आधारमा ग्रिनकार्ड पाउनेहरूको संख्या १० प्रतिशत रहेको छ ।

ट्रम्पले गरेको घोषणा अनुसार कानुन बनिहाल्नेमा केहीले शंका गरेका छन् ।