एभिन्यूज टेलिभिजनको वीरगञ्ज कार्यालय तोडफोड

एभिन्यूज टेलिभिजनको वीरगञ्ज कार्यालय तोडफोड

३० बैशाख, वीरगञ्ज । एभिन्यूज टेलिभिजनको कार्यालय तोडफोड भएको छ । सोमबार वीरगञ्ज महानगरपालिका–११ नेशनल ट्रेडिङ चोक नजिकै रहेको एभिन्यूजको कार्यालयमा छ/सात जनाको संख्यामा गएका युवाको समूहले तोडफोड गरेका हुन् ।

नकावधारी युवाले गरेको आक्रमणमा कार्यालयको गेटको सिसा, ब्यानरलगायतमा क्षति पुगेको जनाइएको छ । तोडफोड गर्नेमध्येका केही युवाको सीसीटिभिको फुटेजका आधारमा पहिचान भएको र उनीहरुको खोजी भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

पत्रकारले उपप्रधान तथा स्वस्थ्यामनत्री उपेन्द्र यादवलाई अन्तर्वार्ताका क्रममा अपमान गर्दे बारिन बाध्य पारेपछि समाजवादी फोरमका कार्यकर्ताले टिभीको कार्यालयमा आक्रमण गरिएको हुनसक्ने जनाइएको छ ।