पोखरा बिच भलिबल जेठमा 

 पोखरा बिच भलिबल जेठमा 
 पोखरा बिच भलिबल जेठमा 
 पोखरा बिच भलिबल जेठमा 
 पोखरा बिच भलिबल जेठमा 
 पोखरा बिच भलिबल जेठमा 

काठमाडौ । नेपाल भलिबल संघको आयोजनाको छैटौं महिला तथा सातौं पुरुष बिच भलिबल प्रतियोगिता पोखरामा हुने भएको छ ।

आइतबार राजधानीमा आयोजित पत्रकार सममेलनमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले बार्षिक क्याल्यन्डर अनुसार नेपाल भलिबल संघ बिच भलिबल गर्न लागेको जानकारी गराए ।

कास्की जिल्ला भलिबल संघको ब्यवस्थापनमा आगामी जेठ २३ देखि २५ सम्म संचालन हुने प्रतियोगितामा राष्ट्रिय टिमका खेलाडीले सहभागिता गर्न नपाउने जनाइएको छ ।

लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगितामा ७ प्रदेश र तीन बिभागिय टिमका महिला र पुरुषका  दुई–दुई जोडि गरि ४० टिमको सहभागिता रहने छ ।

प्रतियोगिताका बिजेताले ३० हजार र उपबिजेताले २० र तेश्रो हुनेले नगद १० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको अनुमानित बजेट २२ लाख रहेको छ । पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौला, नेपाल भलिबल संघका उपाध्यक्ष यम गुरुङ, कास्की भलिबल संघका अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।