काँग्रेस केन्द्रीय अनुशासन समितिको निगरानीमा शीर्ष नेता, होला त गुटको अन्त्य ?

 काँग्रेस केन्द्रीय अनुशासन समितिको निगरानीमा शीर्ष नेता, होला त गुटको अन्त्य ?

काठमाडौं, २९ बैशाख । काँग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका शीर्ष नेतासहितका कार्यकर्तालाई निगरानीमा राखेको छ ।

नेपाली काँग्रेसभित्र झाँगिएको गुटगत प्रवृत्तिलाई अन्त्य गर्न र पार्टीलाई संस्थागतरूपमा अगाडि बढाउन काँग्रेसले वैशाख २५ गतेबाट जनजागरण अभियानसमेत सुरु गरेको छ । 

शीर्षनेता तथा कार्यकर्तासमेतको अनुगमन गरी अनुशासन समितिमा प्रतिवेदन दिन नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएन (डीएलए) को टोली ७७ जिल्लामा खाटएको छ । 

अभियानको अनुगमन गर्न टोली खटाएपछि कारबाहीमा परिने डरले एक गुटका नेताले अर्को गुटका नेतालाई गाली गलौज गर्ने, दोषारोपण गर्ने र नङ्ग्याउने प्रवृत्तिमा न्यूनीकरण आएको एक केन्द्रयि सदस्यले झिल्कोलाई बताए । जनजागरण अभियानमा कहाँ के भइराखेको छ भनेर शीर्ष नेतादेखि अन्य नेता र कार्यकर्तामाथि सुक्ष्म निगरानी गरिएको उनको भनाई छ । एसोसिएसनमा भने केही नेताको घोचपेचको मुद्धा दर्ता भएको भइसकेको छ ।