राजपालाई उपेन्द्रको चेतावनीः अब धनकुटामा आन्दोलन हुँदा लाहान सुतेर बस्दैन

राजपालाई उपेन्द्रको चेतावनीः अब धनकुटामा आन्दोलन हुँदा लाहान सुतेर बस्दैन

काठमाडौं, २३ बैशाख । समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले राजपालाई सानो ठाउँमा सटर राखेर ग्राहक आउँछन कि भन्दै नकुर्न आग्रह गरेका छन् । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग गरिएको एकता घोषणासमभालाई सोमबार सम्बोधन गर्दै स्वास्थ्यमन्त्रीसमेत रहेका उपेन्द्र यादवले भने, ‘आउनुस एकतामा, जनमुक्ति परिवर्तनका पक्षधर सबैका लागि बनेको हो समाजवादी पार्टी’ ।


उनले राजपासँगको एकतामा फोरम छुट्यो भनेर खुसी हुनेहरुका रुने दिन आएको पनि बताए । उनले तराईको लाहानमा आन्दोलन भयो भने गोरखा चुप लागेर नबस्ने उद्घोष गर्दै धनकुटामा आन्दोलन हुँदा लाहान सुतेर नबस्ने घुमाउरो शैलीमा राजपालाई चेतावनी दिए । उनले भने ‘अब काठमाडौंमा आन्दोलन भए पूरै देश आन्दोलित हुनेछ, हिजो खुसी हुनेहरुको रुने दिन आयो’ ।


उनले कम्युनिष्टहरु कमाउ धन्दामा लागेको व्यङ्ग्य गर्दै भने ‘कम्युनिष्ट कमाउनिष्ट भयो’ । उनले कम्युनिष्टहरु राजतन्त्र जस्तै बनेको पनि आरोप लगाए । कांग्रेस आगामी दिनमा अघि बढ्ने नसक्ने मन्त्री यादवको ठोकुवा थियो ।