यी हुन् समाजवादी पार्टीको २५ पदाधिकारी (नामावलिसहित)

यी हुन् समाजवादी पार्टीको २५ पदाधिकारी (नामावलिसहित)

काठमाडौं, २३ बैशाख । उपेन्द्र यादवको संघीय समाजवादी फोरम र बाबुराम भट्टराइको नयाँ शक्ति पार्टीबीच एकता भई बनेको समाजवादी पार्टीमा २५ जना पदाधिकारी घोषणा भएको छ ।

सोमबार भएको एकता घोषणासभामा पार्टीको संघीय परिषद् अध्यक्षमा डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्षमा उपेन्द्र यादवको नाम घोषणा भएको छ ।

त्यसैगरी पार्टीको वरिष्ठ नेतामा अशोककुमार राईलाई घोषणा गरिएको छ भने सहअध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ ।

त्यसैगरी नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई पार्टीको उपाध्यक्ष रहेका छन् । कोषाध्यक्षको जिम्मेवारी विजयकुमार यादवले पाएका छन् ।

महासचिवहरूमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव छन् भने उपमहासचिवमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवहरुमा मोहम्मद इस्तियाक राई, दुर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंह छन् ।