साहित्यकार रसिक किरातको ‘माया जालैमा’ सार्वजनिक

साहित्यकार रसिक किरातको ‘माया जालैमा’ सार्वजनिक


काठमाडौ २३ बैशाख । साहित्यकार तथा गीतकार रसिक किरातको ‘माया जालैमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार किरातको शव्द र  सङ्गीतकार तथा गायक मनोज साङ्सोनले कम्पोज रहेको गीत सार्वजनिक भएको हो ।


गीतमा सिर्जना तामाङ र नितेश राईको आवाज रहेको छ । सिर्जना तामाङ पुर्वाञ्चल सिङ्गिङ् स्टार हुन ।


गीतमा लाखौँलाख युवा विदेशमा भासिन बाध्य पारिनुले यहाँको खेतीयोग्य जमिन बाँझो बनेर काँडाले भरिँदै गएको तीतो याथार्थ छ । यो माटोको सम्भावना पहिल्याएर त्यसमा समृद्घिको फूल फुलाउन सकिने दृढ विश्वास गीतमा व्यक्त गरिएको छ । गीतमा पूर्वेली लोकभाकाको अत्यन्त मिठो लय सुमधुर आवाजमा सुन्न सकिन्छ ।