चीन बिरूद्ध भन्सार शुल्क बढाउने ट्रम्पको चेतावनीसँगै ओरालियो एसियाली बजार

चीन बिरूद्ध भन्सार शुल्क बढाउने ट्रम्पको चेतावनीसँगै ओरालियो एसियाली बजार

२३ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा उत्पादित मालसामानमा भन्सार शुल्क बढाउने चेतावनी दिए लगत्तै सोमबार एशियाली शेयर बजार ढलेको छ ।

व्यापारसम्बन्धी वार्ता रोकिएपछि आएको ट्रम्पको यो चेतावनीले संघाइ र हंगकंगका शेयर बजार ओरालो लागेको छ । 

निरन्तर भइरहेका दुई देशका उच्चस्तरीय प्रतिनिधिबीचको व्यापार वार्ता रोकिएपछि ट्रम्पले चीनमा उत्पादित वस्तुहरूमा महशुल वृद्धि गर्ने चेतावनी दिएका हुन् ।

गएको दशवर्षमा चीनले अमेरिकालाई ५० अर्ब डलरको हाइटेकमा २५ प्रतिशत महशुल बुझाइ रहेको र २ खर्ब बराबरको अन्य वस्तुमा १० प्रतिशत कर बुझाइरहेको ट्रम्पले बताउँदै शुक्रबारदेखि १० प्रतिशतलाई २५ प्रतिशतमा उकास्ने ट्विट गरेका हुन् ।

यी दुई देशले गत वर्षदेखि ३ खर्ब ६० अर्ब अमेरिकी डलर बराबरको दुईपक्षीय व्यापारमा महसुल थपिरहेका छन् । गत वर्ष डिसेम्बरमा दुई देश व्यापार युद्धमा युद्धविराम गरेका थिए । 

हंगकंगको शेयर बजार २.५ प्रतिशत र संघाइ ३ प्रतिशत भन्दा बढी ढलेको छ भने सिंगापुर २.८ प्रतिशत, ताइपेइ १.५ प्रतिशत आरालो लागेको छ ।