रूसी जहाजमा आगलागी हुँदा ४१ जनाको मृत्यु

रूसी जहाजमा आगलागी हुँदा ४१ जनाको मृत्यु

काठमाडौ रूसको राजधानी मस्कोमा आपतकालीन अवतरण गराउन खोजिएको बेला एक रूसी विमानमा आगलागी हुँदा ४१ जानको मृत्यु भएकोे अधिकारीहरूले जनाएका छन्।

रूसका संघीय अनुसन्धानकर्ताहरूले विमानमा आगलागीबारे जनाएका हुन् ।

सामाजिक सञ्जालमा राखिएका भिडिओमा आगलागी भएको विमानबाट यात्रुहरू निस्किरहेको र दौडिरहेको देखिन्छ ।

ठूलो आगलागी र आपत्कालीन अवतरणको कारण भने अझ खुलेको छैन् ।

सो जहाज सुखोइ सुपरजेट–१०० भएको र त्यो स्थानीय समयअनुसार साँझ पाँच बजेर ५० मिनेटमा मुर्मन्स्क शहरको लागि उड्ने तालिकामा रहेको जनाइइएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यसबारे जानकारी दिइएको र उनले पीडितका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।