शेयरबजारमा तिब्र गिरावट

शेयरबजारमा तिब्र गिरावट

केही दिनयता करेक्सनको बाटोमा रहेको शेयर बजार आइतबार भने दोहोरो अंकले तल झरेको छ । नयाँ बर्ष लागेसँगै  तिब्र गतिमा उकालालो लागेको बजारमा लगानीकर्ताले नाफा बुक गरेको भनिएकोमा जसरी बढ्न थाल्यो त्यसरी नै घटन थालेपछि लगानीकर्ता अन्यौलमा रहेका छन् ।  

आइतबार बजार खुलेदेखि नै ओरालो यात्रामा लागेको थियो । बजार बन्द हुँदासम्ममा बजार परिसुचक नेप्से १६.७१ अंकले घटेर १२७७.६८ अंकमा ओर्लिएको छ । १७५ कम्पनीका २३ लाख १२ हजार ५३० कित्ता शेयरहरु ६५ करोड ३ लाख रुपैंयामा किनबेच भएका छन् । अघिल्ला दिनहरुको तुलनामा कारोबार रकममा समेत फराकिलो अन्तरले गिरावट आएको हो ।