यसरी बन्दैछ नेकपाको पोलिटव्युरो

यसरी बन्दैछ नेकपाको पोलिटव्युरो

शंकर तिमल्सिना

काठमाडौं, वैशाख १२ । नेकपाका दुई अध्यक्ष मिलेको करिव एक वर्षपछि जिल्ला नेतृत्वको एकता भर्खरै टुंगिएको छ । करिव एक वर्षसम्म केन्द्रदेखि जिल्ला तहको नेतृत्व नटुंगिदा नेकपाका नेता तथा कार्यकर्ताहरुमा निरासा छाएको थियो ।

जिल्ला तहको नेतृत्व चयन हल गरेपछि नेकपा पार्टी अव पोलिटव्युरो सदस्य चयन गर्ने गृहकार्यमा लागेको छ । मूलतः पूर्व माओवादी र त्यसभित्रका बिभिन्न गुट र समूहहरु तथा पूर्व एमाले र त्यसका बिभिन्न समूहबीच पोलिटव्युरो चयन गर्न नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई केही सहज हुने देखिन्छ । केन्द्रीय कमिटीको एक तिहाइ रहने गरी पोलिव्युरो कमिटी गठन हुने विधानमा व्यवस्था रहेकाले ४ सय ५१ जनाबाट १ सय ४७ जनाको पोलिटव्युरो गठन कार्य अघि बढेको हो ।

उक्त मापदण्डबारे शीर्ष नेताहरु सहमति नजिक पुगेको श्रोतले बतायो । श्रोतका अनुसार पूर्व एमालेलाई ८१ र पूर्व माओवादीलाई ६६ जना सदस्य पोलिटव्युरोमा भाडबण्डा लागेको छ ।

सहमति अनुसार केन्द्रीय कमिटीमा दुबै पूर्व समूहबाट समावेश भएकामध्ये वरिष्ठतालाई आधार मानेर पोलिटव्युरो बनाउने जनाइएको छ ।

पूर्व एमाले र पूर्व माओवादीबाट बरिष्ठताका आधारमा पोलिटव्युरो सदस्य छनोट गर्ने आन्तरिक तयारी भएको छ । पूर्व एमालेमा ६५ जनाको पोटिलव्युरो रहेकामा ती माध्ये केही छनोट गरिने र बाँकी दुईपटक केन्द्रीय सदस्य भएकाहरुमध्येबाट बरिष्ठताका आधारमा छनोट गरिने श्रोतले बतायो । पूर्व एमालेमा केपी ओली समूह र माधब नेपाल समूहलाई मिलाएर पोलिव्यरो निर्माण गर्नुपर्ने छ । तर, सापेक्ष रुपमा पार्टी निर्माण र प्रणाली व्यवस्थित रहेकाले पूर्व एमालेमा त्यति सकस रहदैंन जति पूर्व माओवादीमा छ ।

पूर्व माओवादीमा जनयुद्धकालमा ९५ जना केन्द्रीय सदस्यलाई पहिलो आधार बनाउनुपर्ने मत अध्यक्ष प्रचण्डको रहेको छ । किरण, विप्लव, बाबुराम भट्टराईमा विभाजन भएका छाड्दा, गोपाल किराती, लोकेन्द्र बिस्टलाई अलग गर्दा र कतिपय मरेको हिसाव गर्दा करिब पचास जना हुन्छन । सभामुख कृष्णबहादुर महरा, पूर्ण घर्ती आयामसहितको नाम पनि काटिनेछ । 

पछि नारायणकाजी श्रेष्ठसँग एकता गरिएका धेरैजसो पर्नुपर्न स्थायी समितिमा परेका छन् । शशी श्रेष्ठसहित एकाध छुटेका छन् । पछि पार्टी प्रवेश गरेका डिलाराम आचार्य, कमल चौलागाईंहरुलाई समेत समेट्दा केही अप्ठ्यारो पूर्व माओवादीलाई छ । माओवादीले समूहगत भन्दा पनि धेरै जना व्यक्तिगत पार्टी प्रवेश गराएकाले तिनलाई पद नदिंदा फेरि फर्कने र दिंदा पनि अवसर दिंदा पूर्व एमालेतिर लाग्ने खतरा छ ।

 

जनयुद्धको भाव र मर्मका बारेमा भोलि बोल्नु र लड्नुपर्दा डिलाराम आचार्यहरु माओवादीभन्दा एमालेसँग बढी ढल्किने खतरा हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्ने गर्छन । हिजो जनयुद्धको भीषण आँधीबेहरी चल्दा नारायणकाजी श्रेष्ठ समूहले माओवादीलाई मित्रशक्ति मान्दा डिलारामहरु महिलाको प्रश्रुती र माओवादीको रगत एउटै हो र झिंझाका डाका पनि आफ्नो स्वार्थका लागि साहस गर्छन भनेर भनेका टेप रेकर्डहरु ल्याउने चुनौती उनीहरुका जिल्लाका माओवादीहरुले भन्दै आएका छन् । 

जनयुद्धपछि पार्टीमा प्रवेश गरेका र प्रचण्डको निकट भन्दै तर मारेकाहरु अहिले जनयुद्धकालमा जोखिम उठाएकाहरुलाई मानमर्दन गर्ने र डिलारामहरुको पक्षपोषणमा सिनियर भन्दै प्रचारप्रसार गर्दा अनौठो मानिएको छ ।