विप्लव समस्याको समाधान सरकार वार्ताबाटै गर्न चाहन्छ : गृहमन्त्री बादल

विप्लव समस्याको समाधान सरकार वार्ताबाटै गर्न चाहन्छ  : गृहमन्त्री बादल

मोरङ, १२ बैशाख । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समूहको गतिविधि पूर्ण निस्तेज पार्न सरकारले बिभिन्न नीतिहरु अख्तियार गरेको बताएका छन् । प्रदेश १ मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न बिहीबार विराटनगर आइपुगेका मन्त्री थापाले विप्लव समस्याको समाधान सरकारले वार्ता र संवादबाटै गर्न चाहेको  बताए ।


विखण्डनकारी नीति लिएको शक्ति सिके राउतलाई वार्ता र संवादबाटै मूलधारको राजनीतिमा अवतरण गराएको स्मरण गर्दै मन्त्री बादलले भने, ‘विप्लवजी पनि अब वार्तामा आउनै पर्छ’ । जुनसुकै उद्देश्य बोकेका राजनीतिक दललाई शान्तिपुर्ण आन्दोलन गर्ने छुट भएता पनि शान्ति सुरक्षामा खलल पु¥याउन भने कसैलाई छुट नभएको मन्त्री थापाले दाहोर्याए ।