विप्लवलाई ढाडस दिदैं किरण : सरकारसँग वार्ता गर्नुु हुँदैन

विप्लवलाई ढाडस दिदैं किरण : सरकारसँग वार्ता गर्नुु हुँदैन

११  वैशाख, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (ऋषि कट्टेल), नेकपा (माओवादी केन्द्र) ले विप्लवद्वारा नेतृत्व गरिएको नेकपामाथिको राजनीतिक प्रतिबन्धको खारेजी लगायतको विषयमा संयुक्त संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन् । 


 बैशाख २७ गते काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा संयुक्त विरोधसभाको आयोजना गर्ने निर्णय गरेका छन् । 

 

पार्टी स्थापना दिवसका दिन प्रदेश कार्यालय कुपण्डोलमा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले विप्लवसँग आफूहरुले सहकार्य गर्न खोजेको बताएका थिए ।

 

उनले विप्लव र सरकारबीच वार्ता गर्नु नहुने बताउँदै ‘के का लागि वार्ता गर्ने ?’, त्यो पार्टीमा वार्ता गर्नुपर्छ भन्ने केही गलत तत्व रहेको’ भन्दै वार्ता नगरी सशक्त आन्दोलन उठाउनु पर्ने जिकिर गरेका थिए । वार्ता कम्युनिस्ट आन्दोलन तुहाउने खेल भएको उनले जनाएका थिए । 

 

सो कार्यक्रममा विप्लव पार्टीसहित अरुहरुसँग पनि सहकार्य गरेर आन्दोलन सशक्त उठाउने क्रान्तिकारी माओवादीको प्रमुख मोर्चाका अध्यक्ष सी पी गजुरेलले बताएका थिए । 

सो कार्यक्रममा विप्लव पार्टीका धनकुटा जिल्लाका इञ्चार्ज युगल किशोर राई 'चट्टान' क्रान्तिकारी माओवादीमा प्रवेश गरेको क्रान्तिकारी माओवादीले जनाएको छ ।