रामेछापको भङ्गेरीमा पुष्पलाल र गंगालाललाई यसरी सम्झियो नेकपाले...

रामेछापको भङ्गेरीमा पुष्पलाल र गंगालाललाई यसरी सम्झियो नेकपाले...

रामेछाप, १० बैशाख ।  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठले पार्टी स्थापना गरेको यही बैशाख ९ गते ७० वर्ष पूरा भएको छ । सो अवसरमा मंगलबार नेकपाका केही नेता तथा कार्यकर्ताहरुले पुष्पलालको जन्मस्थान रामेछापको भङ्गेरी पुगेर उनको शालिकमा माल्यार्पण गरेका छन् ।

एउटै ढुंगोमा कुँदिएको पुष्पलालका सहोदर दाइ अर्थात जहानियाँ राणाबिरुद्धको अन्दोलनमा शाहदत प्राप्त गर्ने महान शहीद गंगालाल श्रेष्ठको शालिकमा पनि फूल, अबिर तथा खादा लगाई देशभरका नेकपा निकट बिभिन्न तह र तप्काका नेताहरुले शहीदप्रति सम्मान प्रकट गरेका ह्न् ।

सम्मान प्रकट गर्न भङ्गेरी पुग्नेहरुमा पूर्व अखिल क्रान्तिकारीका विद्यार्थी अध्यक्षहरु लेखनाथ न्यौपाने, रमेश मल्ल, नेकपा सिन्धुलीका जिल्ला पार्टी सचिव प्रदीप कटुवाल, ज्वालाप्रसाद न्यौपाने, रामेछापका, काभ्रे, लगायतका जिल्लाका स्थानीय नेता तथा कार्यकर्ताहरु थिए ।