शेयरबजारमा करेक्सन, कारोबार रकमको साथ

शेयरबजारमा करेक्सन, कारोबार रकमको साथ

९ बैशाख, काठमाडौं । नयाँ बर्ष लागेसँगै  निरन्तर बढेको शेयर बजारमा सोमबार करेक्सन देखिएको छ। निरन्तर बढेकोे शेयरबजारमा नाफा  बुक गर्ने कारोबारी हावी भएपछि सोमबारको बजारमा करेक्सन देखिएको हो। सोमबार पनि अर्बभन्दा बढीको कारोबार भएकाले कारोबार रकमले भने साथ दिएको देखिन्छ ।  छोटो समयमै मनग्ये नाफा भएपछि कारोबारीले सोमबार बिक्री बढाउँदा नेप्से सूचक बढ्न भने सकेन । क्रेता भन्दा नाफा बुक गर्ने बिक्रेता हावी भएपछि नेप्सेमा चाप परेको हो । घटबढ हुने शेयर बजारको विशेषता हो । निरन्तर बढेको बजारमा केही करेक्सन आउनु सामान्य मानिन्छ । करेक्सनपछि बजारले पुनः आफ्नो बाटो तय गर्ने विश्लेषण लगानीकर्ताले गरेका छन् । 

शेयरबजारको सिजन सुरु भएको र वियरलिस टे«ण्ड सकिएकोले अव ११ सय अंकको विन्दूनै न्यूनतम विन्दू रहेको र पछिल्ला दिनहरुको कारोबारसँगै नेप्से बढ्नु बुलिसट्रेण्डको सुरुवाती अवस्था भएको विश्लेषण हुन थालेको छ ।  
 
सोमबार नेप्से सूचक ७.२६ अंकले घटेर १२५६.९४ विन्दुमा आईपुगेको छ । बजार समग्रमा ०.५७५ ले तल झरेको हो । १६८ कम्पनीको १ अर्ब रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ३२ लाख २२ हजार २५६ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल ११ वटा समूहको शेयर कारोबार भएकामा ४ वटा समूहको सूचक माथि लागेका छन् भने बाँकी समूह तल झरेका छन् ।

वाणिज्य बैंक समूहको सूचक १३.८९ अंकले घटेको छ । यता, जीवन बिमा समूहको सूचक १५४.२९ अंकले बढेको छ । कारोबार रकममा नेपाल बैंकले अग्रता लिएको छ । नेपाल बैंकको ९ करोड ३६ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः सिभिल बैंक र प्रभु बैंक रहेका छन् ।