लुगा बनाउन रंग फेर्ने स्मार्ट धागो

लुगा बनाउन रंग फेर्ने स्मार्ट धागो

२२ चैत्र, काठमाडौं । अनुसन्धानकर्ताहरूले लुगा बनाउनका लागि रंग फेर्ने स्मार्ट धागोको निर्माण गरेका छन् । यस्ता स्मार्ट धागोले मानिसका वरिपरि खतरनाक हानिकारक ग्यासको उपस्थिति भए त्यसको जानकार रंग फेरेर दिन सक्ने छ । टफ्ट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले अमोनिया वा हाइड्रोजन क्लोराइड जस्ता लागू ग्यासको उपस्थिति वरिपरि भए यसको जानकारी यी धागोहरूले दिन सक्ने बताए । उनीहरूले धागोलाई विशेष प्रकारको रसायनमा रंगिने गरिएको हुन्छ ।

यस्ता खतरनाक ग्यासको उपस्थितिका बेला गुगामा उपयोग भएका यस्ता धागोले रंग फेर्छ । जसले त्यस अनुरूपको ग्यास वरिपरि रहेको जनाउ दिन्छ ।

इलेक्ट्रिकल र कम्प्युटर इन्जिनियरिंगका प्रोफेसर समिर कोनुसलेले भने “हामीले उपयोग गर्ने रंग विधि फरक प्रकारको हुन्छ । यसले फरक किसिमका रसायन भएका ग्यासहरूको हावामा भएको उपस्थितिलाई पत्ता लगाउँछ ।” 

अनुसन्धानकर्ताहरूले यसलाई स्मार्ट धागो भनेका छन् । तेल र ग्यासको क्षेत्रमा काम गर्ने कामदारहरूको सुरक्षाका लागि यो स्मार्ट धागो महत्वपूर्ण हुनेछ । त्यहाँ कार्बन मानोअक्साइड जस्ता प्राणघातक ग्यास चुहिएमा यसको जानकारी उनीहरूलाई यसबाट सहजै हुन सक्छ ।

वर्सेनी कार्बन मोनोअक्साइडबाट ५० हजार मानिसलाई आकस्मिक उपचार कक्षमा ल्याउने  गरिन्छ जसमध्ये विषालु ग्यास कार्बन मोनाअक्साइडबाट वर्सेनी ४३०को मृत्यु हुने गरेको छ । यो स्मार्ट धागोको प्रयोगबाट स्मार्टफोनहरूले पनि विभिन्न किसिमको ग्यासको पहिचान गर्न सक्नेछन् ।

यसका साथै धागोलाई धेरै दिनसम्म खप्ने गरी बनाउन सकिन्छ ।