ब्यापार बार्ता ‘रचनात्मक’ हुँदा नेपालको सुनचाँदीको मूल्यमा ब्रेक  

ब्यापार बार्ता ‘रचनात्मक’ हुँदा नेपालको सुनचाँदीको मूल्यमा ब्रेक  

चीन र अमेरिका बीच ब्यापार बार्ता ‘रचनात्मक’ भएको टिप्पणी आइरहँदा त्यसको सीधा असर नेपालको सुनचाँदी क्षेत्रमा देखिएको छ । बार्ता सकरात्मक रुपमा अगाडी बढ्दा नेपालमा सुनचाँदीको मूल्य यस हप्ता घट्न पुगेको हो । यसको अतिरिक्त अन्र्तराष्ट्रिय बजारमा रोजगारी बढन थालेको साथै अन्र्तराष्ट्रिय बजारमा डलर मजबुती भएसँगै भारतीय अर्थतन्त्र पनि मजबुत भएको कारणले पनि सुनको मूल्यमा कमी आएको हो । 

साताको सुरु देखि नै उतार चढाव हुँदै गएको सुनचाँदीको मूल्य अन्त्यतिर भने घटेको छ । यस हप्ताको अन्त्यमा एक्कासी प्रति १० ग्राम रु ५१०.०० ले घटेको छ । 
आईतबार बजार खुल्दा प्रति १० ग्रामको रु ५१,७८५.०० रहेको सुनको मूल्य आज शुक्रबार प्रति १० ग्राम ५१,१८५.०० कायम भई हप्ताभरीमा रु ६००.०० रुपैंया प्रति १० ग्राममा कमि आएको छ भने चाँदी आईतबार प्रति १० ग्रामको रु ६३४.५० रहेकोमा शुक्रबार प्रति १० ग्रामको रु ६३६.०० कायम भई हप्ताभरीमा रु ८.५० घट्न पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।