भेनेजुएलामा कमजोर देखिएकोे अमेरिकाले गुआइदोलाई भन्यो ‘फ्रिडम सेल’ बनाऊ

भेनेजुएलामा कमजोर देखिएकोे अमेरिकाले गुआइदोलाई भन्यो ‘फ्रिडम सेल’ बनाऊ

भेनेजुएलामा सत्ता कब्जा गर्न कमजोर देखिएको अमेरिकाले त्यहाँ प्रतिपक्षी नेता जुआन गुआइदोलाई ‘अपरेशन फ्रिडम’ अन्तर्गत ‘फ्रिडम सेल’ बनाउन भनेको छ ।

भेनेजुएलाका निर्वाचित राष्ट्रपति निकोलास मदुरोले राजीनामा दिन नमानेपछि र अमेरिकाले गुआइदोको समर्थनका लागि तत्काल आफ्ना केही सहयोगी बाहेक अन्तर्राष्ट्रिय समर्थन जुटाउन नसकेपछि त्यहाँ सत्ता कब्जा गर्न सफलता नपाएपछि गुआइदोलाई यस्तो गर्न भनेको हो ।

गुआइदाले अर्को साता देखि मदुरोलाई पदच्युत गर्न देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेका हुन् । गुआइदोले अप्रिल ६ देखि अर्को चरणको आन्दोलन गर्न देशभर ‘फ्रिडम सेल’ बनाउने भएका छन् । उनले अन्य प्रतिपक्षी दलका नेताहरू र विधायकहरूसँग सहयोगका लागि छलफल गरेका छन् ।

जनवरीमा अमेरिकाले भनेपछि गुआइदोले आफूलाई त्यहाँको अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । त्यस अनुरूप कार्य गर्न शुरू गरेका थिए । उनले राहत सामाग्री दिन विभिन्न देशलाई आह्वान गरेका थिए । अमेरिकाले पठाएको राहत सामग्रीलाई सीमा नाकामा मदुरोले रोक्न लगाएपछि भिडन्तसम्म भएको थियो । तर पनि मदुरोलाई विस्थापित गर्न नसकेपछि गुआइदोले यो नयाँ चरणको आन्दोलन शुरू गरेका हुन् । अमेरिकाले राष्ट्रसंघको सुरक्षा परिषदबाट मदुरोलाई हटाउने प्रस्तावमा रूस र चीनले विरोध गरेपछि त्यो प्रस्ताव असफल हुन पुगेको थियो ।