सिरहामा २ निरीक्षक निष्काशित, ११ परिक्षार्थीको परिक्षा रद्द 

सिरहामा २ निरीक्षक निष्काशित, ११ परिक्षार्थीको परिक्षा रद्द 

लहान, १३ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत आज सम्पन्न अनिवार्य गणित बिषयको परीक्षामा सिरहाको बिभिन्न परीक्षा केन्द्रबाट दुई जना निरीक्षकलाई निष्काशित गरेको छ भने ११ परिक्षार्थीको परिक्षा रद्द गरिएको छ । 

परिक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै परिक्षा अनुगमन टोलीले चन्द्र मावि र सारस्वर मावि परिक्षा केन्द्रबाट १÷१ गरि २ जना निरीक्षकलाई निस्काशित गरिएको सिरहाका जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख डोलराज पाण्डेले जानकारी दिए । 

यस्तै परिक्षाको मर्यादा विपरीत कार्य गरेको भन्दै परीक्षा अनुगमन टोलीले  लहान नगरपालिकाको बस्तीपुर परीक्षा केन्द्रबाट ८ जना, सारस्वर मावि परिक्षा केन्द्रबाट २ जना र चन्द्र मावि परिक्षा केन्द्रबाट १ जना परिक्षार्थीको परीक्षा रद्द गरिएको पाण्डेले बताए ।

यसबाहेक अन्य परीक्षा केन्द्रमा शान्तिपुर्ण रुपमा आजको परीक्षा सम्पन्न भएको उनले बताए । परीक्षालाई मर्यादित र शान्तिपुर्ण रुपमा सम्पन्न गर्न परीक्षा अनुगमन टोली बनाईएको प्रत्येक परिक्षा केन्द्रहरुमा खटाइएको उनको भनाइ छ । 

यस बर्षको एसईई परीक्षामा बिभिन्न ३८ परिक्षा केन्द्रमा सिरहाबाट ९ हजार १८५ परीक्षार्थी सहभागी भएको पाण्डेले बताए ।