लण्डनमा लाखौंले भने ‘ब्रेक्जिटमा फेरि जनमतसंग्रह गराऊ’

लण्डनमा लाखौंले भने ‘ब्रेक्जिटमा फेरि जनमतसंग्रह गराऊ’

 

युरोपियन युनियनबाट बेलायतबाट अलग पार्ने विषयमा (ब्रेक्जिट) फेरि जनमत संग्रह गराउन माग गरिएको छ ।

ब्रेक्जिट विरोधीहरूले लाखौं संख्यामा राजधानी लण्डनमा उर्लिएर ब्रक्जिटमा फेरि जनमतसंग्रह गराउन माग गरेका हुन् ।

युरोपियन युनियनबाट निस्कने विषयमा प्रधानमन्त्री टेरिजा मे नेतृत्वको कन्जरभेटिभ पार्टीको सरकार पनि अलमलमा परेको छ ।

अर्को साता बेलायती संसदमा यो विषयमा निर्णय हुने भएको छ । 

प्रदर्शनकारीहरूले त्यही ठाउँमा उपस्थिति भएर फेरि जनमत संग्रह गराउन माग गरेका हुन् ।

प्रधानमन्त्री मेमाथि दबाब सिर्जना गर्न यो प्रदर्शनको आयोजना गरिएको हो । मेले नेतृत्व गर्ने कन्जरभेटिभ पार्टीका केही नेताहरूले पनि यस विषयमा दबाब दिइआएका छन् । 
पार्टीबाट मेलाई दिइएको राजनीतिक समर्थन निरन्तर घट्दै गएकोमा कि त राजीनामा दिन वा त्यसका लागि मिति तय गर्न दबाब दिइएको छ ।

आगामी साता मेका उत्तराधिकारी आउने गरी राजनीतिक गतिविधि हुन सक्ने देखिएको छ ।

कन्जरभेटिभ पार्टीका सांसद जर्ज फ्रिम्यानले नयाँ नेता आवश्यक भएको भनी ट्विट गरेका छन् ।

लिबरल डेमोक्रेटका नेता भिनस क्याबलले दोस्रो जनमत संग्रहका माग गरेका छन् ।

लण्डनमा उर्लिएको भीड १० लाख जतिको हुन सक्ने अनुमान गरिएको छ । बेलायत भरिका समर्थकहरूलाई बटुलिएर लण्डनमा प्रदर्शन गरिएको छ ।

युरोपियन युनियनले प्रधानमन्त्री मेलाई बेलायतबाट अलग हुने प्रक्रिया विस्तार गर्न सहमति जनाएको छ । बेलायती संसदबाट यससम्बन्धी विषयमा प्रस्तुत गरेको प्रस्तावमा प्रधानमन्त्री मेले अनुमति प्राप्त गर्न दुई पटक असफल भएकी छिन् । उनले अब तेस्रो पटक प्रयास गरिरहेकी छिन् ।