कलाकारिताको आडमा परी तामाङको यौन हर्कत, सामाजिक सञ्जालको व्यापक दुरुपयोग

कलाकारिताको आडमा परी तामाङको यौन हर्कत, सामाजिक सञ्जालको व्यापक दुरुपयोग

काठमाडौं । सामाजिक सञ्जाललाई करको दायरामा ल्याएर मर्यादित, जिम्मेवार, देश र जनताप्रति उत्तरदायी बनाउन सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटा लागि परेका छन् । 

उनकै पहल र नेतृत्वमा नेपालमा खुलेआम सञ्चालित करिव चार हजार अश्लिल साइटहरु बन्द भएका छन् । सामाजिक सञ्जालहरु सामाजिक नभएर गैर सामाजिक बन्दै गएको सर्वत्र चर्चा र बहस सुरु भएको छ । यसका अधिकाँश प्रयोगकर्ताहरु अश्लिल, विभत्स, जात जाति, र समुदायबीच भिडन्त गराउने र त्यसको रमिता हेर्ने उट्पट्याङ र उरन्ठेउले खालका भएको प्रयोगकर्ताहरुले समाजिक सञ्जालहरु फेसबुक, युट्यब, ट्विटर लगायतमा गरिएका पोष्टहरुबाट पनि थाहा हुन्छ । 

यही सन्दर्भमा आफूलाई कलाकार भनेर दावी गर्ने एक नेपाली महिला परी तामाङको उत्तेजक अन्तर्वार्ता तथा पोर्न भिडियो युट्युवमा आफैंले पोष्ट गरेर सस्तो भाइरल र लोकप्रियता कमाउने ध्याउन्नमा लागेकी छिन् । उनी आफैले मोवाइलबाट आफ्नो केटा साथी (व्वाई फ्रेण्ड) सँग यौन सम्पर्क गरेको भिडियो खिचेको बताउँछिन् । उनी उक्त भिडियो मोवाइल बनाउने ठाउँबाट लिक भएको युट्युवमा भेटिएको उनको अन्तर्वार्तामा बताउने गर्छिन् । 

अन्तर्वार्ताका क्रममा उनले प्रयोग गरेका शव्दहरु, उनले गर्ने हाउभाउ र लगाएको कपडा पनि निकै उत्तेजक, उत्ताउलो र हेर्नै नसकिने खालको छ । उनले नेपाली र बिदेशी दुबै खाले यौन पर्यटकका लागि आफू यौन बेच्न तयार रहेको स्वीकार्दै आफूले लिने पारिश्रमिकका विषयमा पनि खुलाएकी छिन् । उनले नेपाली ग्राहकका लागि आफ्नो यौनको मूल्य ३० हजार र भारतीयका लागि ६० हजारसम्म लिन सक्ने बताएकी छिन् ।

कञ्चनपुरकी बालिकाको बलात्कारपछि हत्या गरिएको विषयले देशमा ठूलो तरंग पैदा गरेको छ । सबै राजनीतिक दलका मुख्य एजेण्डा नै बलात्कारी र हत्यारा पत्ता लगाई उनीहरुलाई कानुनी कारबाही गर्नुपर्ने रहेको छ । यता महिला अधिकारर्मीहरु, मानवअधिकारवादीहरु र स्वयम् निर्मलाका बाबु आमा नै विभिन्न धर्ना अनसन र विरोधका कार्यक्रममा लागिरहदा यही समाजकी अर्की युवती भने किन आफ्नो यौनको मूल्य खुलम खुल्ला रुपमा दर्शाउँदै यौनको आव्हन र प्रस्ताव गर्दै उग्र रुपमा प्रस्तुत भइरहेकी छिन् ?

परी तामाङको यस्तो हर्कतले देश र समाज कता जाँदै छ ? देशका होनहार युवा पिढी के र कस्तो कर्ममा बरालिदैं छ अनि सामाजिक सञ्जालले देश र समाजलाई कुन जञ्जालमा फसाउँदैछ ? यो गम्भीर प्रश्न खडा भएको छ । 

कलाकारको नाममा परी तामाङले गरेको क्रियाकलापले नेपाली कला क्षेत्रका आम कलाकारलाई कस्तो असर पारेको छ ? कलाकारिताको आडमा गरिने यस्ता गलत क्रियाकलाप बन्द गर्न सम्बन्धित निकाय किन चासो देखाउँदैन ? किन मौन छ ? किन परी तामाङका यौन आव्हान र यौन क्रियाकलापका युवट्युवका भिडियोहरु हटाउन सम्बन्धित निकायले आनाकानी गरिरहेको छ ? यी र यस्ता गम्भीर प्रश्नहरु अहिले तेर्सिएका छन् ।

अनलाइन पत्रकारिताको आडमा परी जस्ता कलाकारहरुलाई अन्तर्वार्तामा बोलाएर उनलाई कति समय, कसरी, कताबाट, कहाँ, कुन पोजिशनमा यौन सम्पर्क गर्न आनन्द आउँछ ? जस्ता प्रश्नहरु सोधेर र भिडियो खिचेर अनलाइन टिभीमा पोष्ट गर्दै लाइक, कमेन्ट र सव्सक्राइब गर्न आग्रह गर्नै यस्तो पत्रकारिताले नेपाली समाजलाई कुन दिशातर्फ डो¥याउँदैै लगेको छ ? यो पनि अर्को गम्भीर प्रश्न हो । पत्रकारिताको आचारसंहिता विपरीत भइरहेको यस प्रकारको हर्कतलाई सम्बन्धित निकाय प्रेस काउन्सिलले देखेको छ कि देखेर पनि आँखा चिम्लिएर बसेको हो ? यो प्रश्न त्यतातर्फ पनि इङ्गित गरिएको छ ।