‘हिम चितुवा’ को भव्य स्वागत !

‘हिम चितुवा’ को भव्य स्वागत !

३ चैत, काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले किक बक्सिङ खेलाडी अविरल घिमिरे (हिम चितुवा)लाई भव्य स्वागत गरेको छ । 

नगरपालिका र नेपाल सी क्योन सिन कराते एशोसिएशनले जापानमा सम्पन्न ‘किक बक्सिङ’ प्रतियोगितामा विजेता हासिल गरेका घिमिरेलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको हो । 

आफ्नो पहिलो खेलमा ब्राजिलसँग भिडेका घिमिरेले त्यसपछिका खेलमा सहजै जीत हासिल गरेर विदेशी भूमिमा नेपालको नाम राख्न सफल भएका छन् । दुई दर्जनभन्दा बढी खेल खेलिसकेका १९ वर्षीय घिमिरेले बोलिभिया, ब्राजिल, जापानलगायत देशका खेलाडीलाई पाखा लगाउँदै जीत हासिल पारिसकेका छन् । 

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ‘हिम चितुवा’ले आगामी दिनमा खेललाई सशक्त बनाउँदै लैजाने बताए।