रातो ग्रह मंगल ग्रहको पहिलो यात्री महिला 

रातो ग्रह मंगल ग्रहको पहिलो यात्री महिला 

वासिङटन । रातो ग्रह मंगलमा अवतरण गर्ने पहिलो व्यक्ति महिला हुने नासाका प्रमुखले हालै मात्र बताएका छन् । जीम ब्राइडेस्टाइनले पुरुष र मंगल ग्रहको बारेमा तपाईले सिकेको सबै कुरा बिर्सनुस् भने । 
विज्ञान र प्रविधिको बारेको रेडियो शो ‘साइन्स फ्राइडे’ मा मंगल ग्रहको पहिलो यात्री महिला हुने जीम ब्राइडेस्टाइनले बताएका हुन् ।

उनले व्यक्तिको नाम किटाननै गरेरत भनेनन्, तर एजेन्सीको आगामी योजनामा महिला अग्रपंक्तिमा रहेको बताए ।
ट्वीटर प्रयोगकर्ताले उनलाई एजेन्सीको आगामी चन्द्र भ्रमणमा पनि महिलालाई समावेश गरिनेछ भनेर सोधेका थिए ।
उनले यसको उत्तरमा महिनाको अन्त्यमा हुने पहिलो महिला स्पेसवाकमा सम्पूर्ण महिला हुन सक्ने बताए ।
नासाको वेब साइट अनुसार यो स्पेसवाक सात घन्टासम्म चल्नेछ ।

म्याक्लेन र कोच दुवै २०१३ को अन्तरिक्ष यात्री क्लासका अंश थिए । त्यसको आधा त महिलानै थिए ।
नासाले १९७८ देखि लामो अवधि पार गरिसकेको छ । उक्त समयमा ६ महिला नासामा आबद्ध भएका थिए । हाल नासाको अन्तरिक्ष यात्रीमा महिलाको हिस्सा ३४ प्रतिशत रहेको एजेन्सीले जनाएको छ ।
“दक्षहरुको फराकिलो र विविध सेट बनाउने विषयमा नासा प्रतिबद्ध छ र हामी चन्द्रमामा पनि पहिलो महिला पठाउने विषयमा सोचिरहेका छौ,” ब्राइडेस्टाइनले भने ।