बस पल्टिदाँ दुई जनाको मृत्यु, सात जना घाइते

बस पल्टिदाँ दुई जनाको मृत्यु, सात जना घाइते

सप्तरी, २९ फागुन । सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुशहास्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गा खोलाको पुलमा आज विहान मोटरसाइकललाई ठक्कर दिई बस अनियन्त्रित भई पल्टिदाँ दुई जनाको ज्यान गएको छ । 


पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को। १ ख ४९३४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को। २४ प। ६४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटसाइकल चालक सप्तरीको सुरुङ्गा नगरपालिका ५ निवासी ४५ बर्षीय रामे पासवान र ६५ बर्षीय मो। मजलुम मियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाबका प्रहरी निरीक्षक सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

मोटरसाइकलाई ठक्कर दिए लग्तै पुलमै बस पल्टिदाँ बसमा सबार १० यात्रु घाइते भएको र उनीहरुलाई उपचारको लागि लहानस्थित अस्पताल पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।