नोबेलका विद्यार्थीको खेलकुद उत्सव 

नोबेलका विद्यार्थीको खेलकुद उत्सव 

विराटनगर, २७ फागुन । नोबेल मेडिकल कलेजमा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ सम्पन्न भएको छ । चिकित्सा शिक्षा अध्ययन गर्दै आएका बिद्यार्थीहरुले हरेक बर्ष सञ्चालन गर्दै आएको फियस्टा अर्थात खेलकुद उत्सव यस बर्ष आठ दिनसम्म सञ्चालन गरिएको हो । 
    
फियस्टामा फुटबल, भलिबल, क्रिकेट, कवर्डी, ब्याडमिन्टन, म्याराथन, हाजिरीजवाफ लगायत करिव २० वटा प्रतियोगिता भएको आयोजकले जनाएको छ । जसमध्ये पुरुष फुटबलतर्फ एमबीबीएस आठौं ब्याचका बिद्यार्थीलाई पराजीत गर्दै सुरक्षा गार्ड समूह विजयी बन्यो । महिला फुटबलमा एमबीबीएस १० ब्याचलाई हराउँदै एमबीबीएस ९ ब्याच विजयी भयो । यता पुरुष क्रिकेटमा एमबीबीएस ११ ब्याचलाई पछि पार्दै १२ ब्याच विजयी बन्यो भने महिला क्रिकेटमा पनि एमबीबीएस ११ ब्याचलाई पराजीत गर्दै १२ ब्याच विजयी भएको छ । त्यस्तै पुरुष र महिला दुवैतर्फ भएको पाँच किलोमिटर म्याराथनमा एमबीबीएसका दिनेश हस्दा र संयोजना गुरुङ विजयी भए । 
    
विजयी टिम र खेलाडीलाई समापन कार्यक्रममा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । सोही अवसरमा बिभिन्न साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । फियस्टालाई यस बर्ष सेन्टर मलले प्रायोजन गरेको हो । नोबेलमा एमडी, एमएस, एमबीबीएस, बीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाइजिन, डिफार्म लगायत संकायमा करिव दुई हजार विद्यार्थी अध्ययन गर्दै आएका छन् ।