प्रवक्ता प्रकाण्ड चुपचाप

प्रवक्ता प्रकाण्ड  चुपचाप

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ भौतिक रुपमा त भूमिगत छन् नै, राज्यले उनको पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निगरानी बढाएको र गिरफ्तार गरिरहेकाले त्यो स्वाभाविक नै हो तर उनी कार्यक्रमिक रुपमा समेत भूमिगत भएको देखिएको छ ।  

पार्टी प्रवक्ताले पार्टीका दैनदिनका विषयवस्तुलाई स्पष्ट पार्ने हो । तर, पछिल्ला दिनमा पार्टीका गतिविधि तीब्र भएका छन् । पार्टीका विरुद्ध राज्यबाट पनि कार्वाही बढेका छन् । तर, प्रकाण्ड यसबीचमा बेखबर जस्तै देखिएका छन् ।

कुनै केन्द्रीय विषय स्पष्ट पार्ने हो भने हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र तलका विषयमा तत्तत् ठाउँबाट वक्तव्य, भनाइ आइरहेका छन् ।

जवर्जस्ती चन्दा उठाएका लगायतका मुद्धामा उनीमाथि सरकारले केही महिना जेल राखेको थियो र उनलाई सर्वोच्च अदालतको आदेशबाट रिहा गरिएको थियो ।

त्यसपछि प्रकाण्डका राजनीतिक र कार्यक्रमिक भूमिका सुस्ताएकोमा सो पार्टी निकट सञ्चारकर्मीसमेत आश्चर्यमा परेका छन्.  'प्रवक्ता किन चुपचाप ?'