अन्तराष्ट्रिय कलाकार मञ्च अमेरिकामा रामप्रसाद

अन्तराष्ट्रिय कलाकार मञ्च अमेरिकामा रामप्रसाद

काठमाडौं । अमेरिकामा दर्ता भएर संसारका विभिन्न देशहरुमा शाखा विस्तार गरेको अन्तराष्ट्रिय कलाकार मञ्च, अमेरिकाको केन्द्रीय समिति पुनर्गठन गरिएको छ । गीत, संगीत, कला, साहित्य र लोक संस्कृतिका लागि विगत एक दशकदेखि कार्यरत कलाकारहरुको अन्तराष्ट्रिय स्वतन्त्र संगठनमा सिनियरदेखि जुनियरसम्म र अमेरिकादेखि नेपाली कलाकारसम्म समेटिएका छन् । 

अन्तराष्ट्रिय कलाकार मञ्चलाई अमेरिकामा स्थापना गरि यसको संस्थागत विकासमा सुरुवातदेखि नै योगदान पुर्याउँदै आएका लोक तथा दोहोरी गायक रामप्रसाद खनाल सर्वसम्मत रूपमा केन्द्रीय अध्यक्षमा चयन भएका छन् । उपाध्यक्षमा शिवहरी पौडेल, गणेश उप्रेती, जल शाह, सारङ्गा श्रेष्ठ र पूजा चन्द छानिएका छन् ।

फिल्म निर्देशक तथा पत्रकार सुरेश दर्पण पोखरेल महासचिव र गीतकार एवं साहित्यकार प्रकाश नेपाल सचिवमा चयन भएको मञ्चले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कोषाध्यक्षमा भने साहित्यकार भूपनारायण घर्ति मगर चयन भएका छन् । केन्द्रीय कार्य समितिको बोर्ड अफ डाइरेक्टर तथा सल्लाहकारमा विभिन्न विशिष्ट व्यक्तिलाई समेटिएको छ ।