newsone

विश्वकप एउटै खेलमा १२ गोल !

newstwo विश्वकप एउटै खेलमा १२ गोल !

सन् १९५४ को विश्वकप स्विट्जरल्यान्डमा आयोजना भएको थियो । उक्त विश्वकपमा बनेको एउटा कीर्तिमान अहिलेसम्म पनि कायमै छ । उक्त विश्वकपको एउटा खेलमा दुवै टोलीको तर्फबाट कुल १२ गोल भएको थियो । विश्वकपको इतिहासमा हालसम्म एउटै खेलको नियमित समयमा भएको यो नै सर्वाधिक गोल हो । संयोग नै मान्नुपर्छ, यस्तो खराब कीर्तिमानसँग जोडिने एउटा टोली आयोजक स्विट्जरल्यान्ड नै थियो ।

जुन २६ तारिखमा आयोजक स्विट्जरल्यान्ड र अस्ट्रियाबीच क्वार्टरफाइनल खेल भएको थियो । उक्त खेलमा स्विट्जरल्यान्डलाई ७–५ गालले हराउँदै अस्ट्रिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो । उक्त खेलमा अस्ट्रियाका थियोडर वाग्नरले ह्याट्रिक २५औं, २७औं र ५३औं मिनेटमा गरेका थिए भने अल्फ्रेड कोर्नरले दुई २६औं र ३४औं मिनेटमा गोल थपेका थिए । अस्ट्रेलियाका लागि अर्नेष्ट ओकर्विक (३२औं मिनेट) र एरिक प्रोबेस्ट ७६औं मिनेट ले पनि एक/एक गोल गरेका थिए ।

यसैगरी स्विट्जरल्यान्डका लागि पनि सेप ह्युगीले ह्याट्रिक (१७औं, १९औं र ६०औं मिनेट) र रोबर्ट बलम्यानले दुई (१६औं र ३९औं मिनेट) गोल गरेका थिए । यसरी दुवै टोलीको तर्फबाट नियमित समयमै कुल १२ गोल भएपछि उक्त खेल कीर्तिमानी बन्न पुगेको थियो । उक्त विश्वकपको उपाधि भने तत्कालीन पश्चिम जर्मनीले जितेको थियो । फाइनलमा पश्चिम जर्मनीले हंगेरीलाई ३–२ गोलले हराएको थियो । उक्त विश्वकपमा हंगेरीले कीर्तिमानी रूपमा २७ गोल गरेको थियो । हालसम्म एउटै विश्वकपमा कुनै पनि टोलीले २७ गोल गर्न सकेको छैन । 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive